सालको काठ तस्करी आरोपमा सशस्त्रका डीएसपी विरूद्ध मुद्धा दायर

Dec 07, 2018 Merolagani

सालको काठ तस्करी प्रकरणमा सशस्त्र प्रहरी बलका डीएसपी विरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । नेपाल अरूण गुल्म चैनपुर संखुवासभामा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीको मिलोमतोमा झण्डै १०० क्युफिट सालको काठ तस्करी भएको अख्तियारको आरोप छ ।

उपरीक्षक भण्डारीको संलग्नतामा संखुवासभाको चैनपुरबाट धरान इटहरीतर्फ सरकारी गाडीमा सालको काठ तस्करी भएको अख्तियारले  जनाएको छ ।

आहाले सिस्ने सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले गुल्म परिसर भित्र भौतिक संरचना निर्माण गर्नका लागि ५० क्युफिट सखुवा काठ उपलब्ध गराउने भने तापनि उपरीक्षक भण्डारीले गुल्म परिसर भित्र नयाँ भौतिक संरचना तथा फर्निचरहरू निर्माण नगरी ९२.९८ क्युफिट सालको चिरान काठ तस्करी गरेको अख्तियारको आरोप छ ।

सरकारी सम्पत्तिको वदनियतसाथ हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो एक लाख चार हजार एकसय छत्तीस कायम गरी दफा १७ तथा दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को घ बमोजिम सजाय तथा सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।