मेटलाईफ नेपालकाे दुई नयाँ किसिमका डिजिटल सल्युसनको शुरुवात

Dec 09, 2018 Merolagani

मेटलाईफले नेपालमा आफ्नो १७ औं वार्षिकोत्सव मनाएकाे छ । यसै  अवसरमा कम्पनीले ग्राहकको अनुभव वृद्धि गर्नका लागि KITE नामक Global Sale & Servicing Platform (GSSP) - powered mobility sales solution र कम्पनीकोे उत्पादन र सेवाहरुको प्रस्तावलाई अझ सजिलो तरिकाले ग्राहकहरुले चलाउन सक्ने नयाँ र सुधार गरिएको वेबसाईट गरी दुईवटा नयाँ डिजिटल सल्युसनको अनावरण गरेको छ।

काठमाण्डाैंमा भएको कम्पनीको कार्यक्रमका दौरान यो नयाँ डिजिटल सल्युसनको पहललाई मेटलाईफका बंगलादेश, नेपाल र म्यानमारका अध्यक्ष एम्.नुरुल इस्लामले उद्घाटन गरेका हुन् ।

KITE एउटा डिजिटल सेल्स आवेदन प्रणाली हो जस मार्फत कम्पनी एजेन्ट र वित्तिय योजनाका परामर्शदाताले जुनै समय र जहाँसुकै पनि ग्राहकलाई सहज र भिन्न अनुभव प्रदान गर्न सक्षम बनाउँदछ । इच्छुक ग्राहकहरुलार्इ अब KITE application ले बीमा बारे जानकारी लिन, दृष्टान्त हेर्न, आवेदन फारम पुरा गर्न र डिजिटल माध्यमबाटै आवेदन पेश गर्न सक्नेछन् ।

 

यस डिजिटल सल्युसन नेपालको बीमा उद्योगमा शुरु गरिएको पहिलो प्रकारको नयाँ सल्युसन हो र यसलाई पहिलो चरणको शुरुवातमा छनौट गरिएका एजेन्टहरुलाई उपलब्ध गराईनेछ ।

मेटलाईफ नेपालले आफ्नो वेबसाईटलाई Adobe Experience Manager (AEM) मञ्चमा एकीकरण गरी Global Web Experience प्रदान गर्नका लागि पुनर्नि्र्मित गरेको छ । यस मञ्चमा होस्ट भएको यो नेपालको पहिलो वेबसाईट हो । यो स्थानान्तरणले दर्शकहरुलाई मेटलाईफको वेबसाईटमा सजिलै पहुँच दिनका साथसाथै कम्पनीले अवलम्बन गरेका नीति तथा अन्य सार्न्दर्भिक जानकारीहरु प्रदान गर्दछ ।

मेटलाईफ नेपालका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भने “हाम्रो समूहले यस पहललाई नेपालमा शुरुवात गर्नका लागि अमेरिका, हङकङग, सिंगापुर र मलेसियाका हाम्रा विश्वव्यापी र क्षेत्रीय समूहसँग निरन्तर काम गरेको छ ।

विश्वव्यापी विशेषज्ञता र समाधान मार्फत हामी हाम्रा ग्राहकहरुको जीवनलाई अझ साधारण र सहज बनाउन सक्नेछौं । यस्ता पहलहरुले नेपाली बीमा उद्योगको जगतमा डिजिटल संसारको शुरुवात भएकोमा म पूर्णरुपमा विश्वस्त छु ।”

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।