प्रोग्रेशिभ फाइनान्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

Dec 10, 2018 Merolagani

प्रोग्रेशिभ फाइनान्स (PROFL) को २१ लाख २० हजार ६०४ कित्ता लिलामी शेयरमा बोलपत्र पेश गर्ने सोमबार अन्तिम दिन रहेको छ। मंसिर १० गतेदेखि लिलामीमा ल्याएको उक्त शेयरमा इच्छुक लगानीकर्ताले सोमबार कार्यालय समयसम्म मात्र आवेदन दिन सक्नेछन् ।

फाइनान्सले सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता शेयर लिलाम बढाबढमा आवेदन खुला गरेको हो । 

जसमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखा र प्रोग्रेशिभ फाइनान्सको पाको न्यूरोड, उग्रतारा जनागल (पुलबजार) र बनेपाको काभ्रे शाखाबाट आवेदन दिन सकिन्छ ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीको अधिकतम कित्तासम्मका लागि एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । फाइनान्सको शेयर अन्तिम पटक प्रतिकित्ता १०४ रुपैयाँ खरिद बिक्री भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले एक करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ । हाल २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रोग्रेशिभको लिलामी शेयर बिक्री भएपछि ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।