अमेरिकासँग चीनको ट्रेड सरप्लस १७ प्रतिशतले बढ्यो, १३ बर्षपछिकै उच्च स्तरमा पुग्यो

Jan 14, 2019 Merolagani

अमेरिकासँग चीनको ट्रेड सरप्लस सन् २०१८ मा १७ प्रतिशतले बढेर ३२३.३२ अर्ब डलरमा पुगेको छ । यो सन् २००६ पछि सबैभन्दा धेरै हो । चीनले सन् २०१७ को तुलनामा अमेरिकालाई ११.३ प्रतिशत धेरै निर्यात गरेको छ ।

यस क्रममा अमेरिकासँग चीनको आयातमा केबल ०.७ प्रतिशत मात्र बढोत्तरी भएको छ । आयातको तुलनामा निर्यातमा बढोत्तरी भएका ट्रेड सरप्लसमा वृद्धि हुने गर्दछ । जबकि आयात बढ्दा व्यापार घाटामा बढोत्तरी हुने गर्दछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार युद्धका बाबजुद चीनबाट अमेरिकामा हुने आयातमा गत बर्ष वृद्धि भएको थियो । चीनको भन्सार विभागका अुसार यो बर्ष भने व्यापारलाई लिएर बाहिरी अनिश्चितता सबैभन्दा ठूलो चिन्ताको विषय रहेको छ । त्यसैले यो बर्ष चीनको व्यापारिक वृद्धि सुस्त हुनसक्ने बताइएको छ ।

एक रिपोर्टका अनुसार गत बर्ष चीनको कुल ट्रेड सरप्लस ३५१.७६ अर्ब डलर रहेको थियो । यो सन् २०१३ पछि सबैभन्दा कम हो । २०१७ को तुलनामा २०१८ मा चीनको कुल निर्यात ९.९ प्रतिशत बढ्यो जबकि आयातमा १५.८ प्रतिशतले वृद्धि भएको थियो ।

डिसेम्बर महिनामा चीनको निर्यातमा ४.४ प्रतिशतको गिरावट आएको थियो । यो विगत दुई बर्षमा एक महिनाको सबैभन्दा ठूलो गिरावट थियो । एजेन्सी

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।