घलेम्दीको आईपिओ बाँडफाँड, ८०% प्रतिशतले पाए ३० कित्ता

Jan 15, 2019 Merolagani

घलेम्दी हाइड्रो लिमिटेड (GHL) को साधारण शेयर (आईपिओ माघ १ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने १९.५६ प्रतिशतले मात्र २० कित्ता प्राप्त गरेका छन् ।

आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध भएको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ। ती आवेदकबाट कूल एक हजार ५७० कित्ताको आवेदन परेको थियो । सदर भएको ५४ हजार ६९२ जना आवेदनबाट २.५४ गुणा बढी अर्थात ३९ लाख तीन हजार ७० कित्ताको माग भएको थियो ।

सदर भएका ५४ हजार ६९२ जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम पहिलो चरणमा समानुपातिक रुपमा २० कित्ताका दरले १० लाख ९३ हजार ८४० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

बाँकी रहेको ४ लाख ३९ हजार ९३० कित्ता शेयर गोलाप्रथाबाट ४३ हजार ९९३ जनालाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो । यसो हुँदा १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरे ।

घलेम्दी हाइड्रोले पुस १९ गतेदेखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयरमा सर्वसाधारणबाट आवेदन लिएको थियो । २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्टाइएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ५५ हजार कित्ता शेयर कोषहरुले खरिद नगरेपछि सो शेयर समेत बिक्रीमा ल्याइएको थियो ।

घलेम्दीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजनामा स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ ।

कूल एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।