तीन कम्पनीको ४५ लाख ७ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत

Feb 02, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा यस साता तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। नागरिक लगानी कोष, महालक्ष्मी विकास बैंक र पोखरा फाइनान्सले ४५ लाख ७ हजार ५५२ कित्ता शेयर कारोबारका लागि सूचीकृत गराएका हुन् ।

नागरिक लगानी कोष र महालक्ष्मी विकास बैंकको बोनस मंगलबार र पोखरा फाइनान्सको बोनस बिहीबार नेप्सेमा सूचीकृत भएको हो । 

महालक्ष्मी विकास बैंक (MLBL) को गत असोज २६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत अर्थात २१ लाख ७ हजार ३७.९६ कित्ता बोनस पारित गरेको थियो ।

नागरिक लगानी कोष (CIT) को पुस ६ गते सम्पन्न तेइसौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश र २२.०६ प्रतिशत अर्थात १९ लाख ९२ हजार २८९.६६ कित्ता बोनस पारित गरेको थियो ।

पोखरा फाइनान्स (PFL) को गत कात्तिक २० गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८.६८४ प्रतिशत नगद लाभांश र ५ प्रतिशत अर्थात ४ लाख ८ हजार २२५ कित्ता बोनस पारित गरेको थियो ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।