शेयर बजार बारे अर्थमन्त्री भन्छन् : अब 'रेस्पोन्स' गर्ने पालो लगानीकर्ताको

Feb 08, 2019 Merolagani

तरलता संकट सुखद समस्या
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले शेयर बजारका लगानीकर्ताको अधिकांश माग पूरा गरिसकेको बताउँदै अब त्यसको 'रेस्पोन्स' गर्नुपर्ने बेला शेयर बजारका लगानीकर्ताको भएको बताएका छन्। साथै उनले कर्जाको भरमा मात्र शेयर बजारमा लगानी नगर्न सुझाव समेत दिएका छन् ।

बिहीबार साँझ बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै अर्थमन्त्री खतिवडाले भने, 'हामीले गठन गरेको कार्यदलले बजारका सबै सरोकारवालाहरूसँग बसेर प्रतिवेदन बनाएको छ ।

सो प्रतिवेदनका अधिकांश सुझाव कार्यान्वयन भइसकेका छन्। अब बजारमा शेयर किन्नेहरूले त्यसको ’रेस्पोन्स’ गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।'

साथै अर्थमन्त्री खतिवडाले शेयर बजारका लगानीकर्तालाई बैंकको कर्जा लिएर मात्र शेयरमा लगानी नगर्न सुझाब दिएका छन् । उनले आफ्नो बचत र अन्य साधनस्रोतलाई समेत शेयरबजारमा परिचालन गर्नतर्फ लगानीकर्ताले ध्यान दिनुपर्ने बताए । 

'लगानीकर्ताहरुको अहिलेको मनोविज्ञान बैंकको ब्याजदरसँग जोडिएको मैले बुझेको छु। बैंकको कर्जा लिएर मात्र शेयर खरिद गर्नु भन्दा पनि आफ्नो बचतलाई र अन्य साधनस्रोतलाई पनि परिचालन गर्नु पर्यो ।' अर्थमन्त्री खतिवडाले भने ।

 

फागुनको दोस्रो हप्तासम्म बैंकिङ्ग प्रणालीमा तरलता समस्या नरहने

त्यस्तै अर्थमन्त्री खतिवडाले पुस मसान्तमा बैंकहरुले आफ्नो आयकरका किस्ता बुझाएका कारण बैंकिङ्ग प्रणालीमा तरलता समस्या आएको उल्लेख गर्दे अब माघदेखि खर्च बढ्न थालेकाले फागुनको पहिलो दोस्रो हप्तासम्म यो समस्या नरहने दाबी गरे ।

अर्थमन्त्री खतिवडाले आर्थिक क्रियाकलापमा भएको वृद्धिले कर्जाको माग बढेको बताउँदै बैंकहरुमा लगानी योग्य रकम अभावको स्थिति आउनु सुखद समस्या भएको जिकिर गरे । आर्थिक क्रियाकलाप विस्तार भइरहँदा २४/२५ प्रतिशतले कर्जाको वृद्धि स्वाभिक रहेको उनको भनाई थियो ।

कर्जाको माग धान्न आन्तरिक स्रोतले नभ्याएको र बाह्य साधन परिचालनलाई अलि जोड दिनुपर्ने अवस्था आएको मन्त्री खतिवडाको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।