अमेजनको मुनाफा दोब्बर तर लगातार २ वर्षसम्म पनि तिरेन कर

Feb 17, 2019 Merolagani



अमेजनले सन् २०१८ मा ११ अर्ब डलर मुनाफा आर्जन गरेको छ। यसका बाबजुद उसले लगातार २ वर्षसम्म कुनै पनि कर्पाेरेट कर बुझाएको छैन। सन् २०१७ मा पनि अमेजनले ५.६ अर्ब डलर नाफा आर्जन गरेको थियो, तर त्यस समयमा पनि कम्पनीले कर भुक्तानी गरेको थिएन।

अमेरिकाको इस्टीच्युट अन ट्याक्सेसन एण्ड इकोनोमी पोलिसीका अनुसार कयौँ प्रकारका कर छुट र अन्य लाभ दिइएका कारण अमेजनले कर भुक्तानी गर्न परेको छैन। यसका अनुसार सन् २०१८ मा नै अमेजनलाई १२९ मिलियन डलर बराबरको छुट मिलेको छ।

भर्जिनिया र न्यूयोर्कमा मुख्यालय खोल्ने भनेका कारण पनि अमेजनलाई कयौँ छुट मिलेको थियो। यद्यपी न्यूयोर्कका स्थानीय नेताहरुले विरोध गरेसँगै हालै कम्पनीले त्यहाँ मुख्यालय खोल्ने निर्णय रद्द गरिदिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पाेरेट कर ३५ प्रतिशतले घटाएर २१ प्रतिशतमा झारेका छन्। यसको फाइदा पनि अमेजनलाई प्राप्त भएको छ।  

अमेरिकामा प्रश्न उठ्न पनि सुरु भएको छ कि, आखिर किन दुनियाँको सबैभन्दा फाइदा कमाउने कम्पनीलाई कर भुक्तानीमा छुट दिँदै आइरहेको छ? ट्रम्प स्वयंले पनि कर बचाउनका लागि अमेजनको आलोचना गरिसकेका छन्।

अमेजनसँग सम्बन्धित जानकारी यस्तो समयमा सार्वजनिक भएको छ, जब कम्पनीका प्रमुख जेफ बेजोस र अमेरिकी पत्रिका नेशनल इन्क्वायररका बीच मनमुटाब चलिरहेको छ। केही दिन पहिले मात्र ट्रम्पको समर्थन गर्ने उक्त पत्रिकाले बेजोसको अश्लील तस्बिर सार्वजनिक गर्ने धम्की दिदैँ आइरहेको बेजोसले बताएका थिए।

एजेन्सीकाे सहयाेगमा