ब्याजदर घट्ने संकेतले नेप्सेमा हरियाली, ब्रोकर र लगानीकर्ताको मत बाझियो

Feb 19, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा सार्वजनिक गरेको भोलिपल्टको शेयर बजारमा हरियाली छाएको छ। केन्द्रीय बैंकले वित्तीय क्षेत्रमा तरलता बढाउने तथा ब्याजदर घटाउने नीति लिएपछि त्यसको सकारात्मक प्रभाव शेयरबजारमा देखिएको हो।

मौद्रिक नीतिको मध्यावधि समीक्षाले शेयर बजारमा आशा जगाउँदा मंगलबार नेप्से २२.४४ अंकले उकालो लागेको छ भने सबै समूहमा हरियाली छाएको छ ।

केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षामा वाणिज्य बैंकहरुलाई प्राथमिक पूँजी बराबरकै रकम विदेशीबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको छ । बैंकहरुले विदेशबाट कर्जा ल्याउन सकेमा यसले वित्तीय क्षेत्रमा तरलता सहज हुने विश्वास गरिएको छ। त्यस्तै बैंकहरुलाई दीर्घकालीन ऋणपत्र जारी गर्न दिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: के- के छन् व्यवस्था ? (पूर्णपाठ सहित)

साथै केन्द्रीय बैंकले ब्याजदर घटाउने उपायहरु अघि सार्दा शेयर बजारले यसको स्वागत गरेका विश्लेषण गरिएको छ। तर यसलाई ब्रोकरहरुले पनि स्वभाविक भनेका छन्। 'मौद्रिक नीतिको समीक्षा भन्दा पनि बजार पहिल्ये नै निक्कै तल झरेकाले सुधार आएको नाम उल्लेख नगर्ने शर्तमा एक ब्रोकरले मेरोलगानीलाई बताए। ब्याजदर घट्छ भन्ने मनोविज्ञानले पनि केहि साथ दिएको हुनसक्छ' उनले भने।

तर लगानीकर्ताहरु भने ब्याजदर घट्ने आशामा बजार बढेको बताउँछन्। प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरिएको ५० प्रतिशत कर्जा सिसिडीमा गणना नहुने व्यवस्थाले बैंकहरुको थप कर्जा विस्तार गर्ने क्षमता बढ्ने हुँदा यसको प्रभाव बजारमा देखिएको एक लगानीकर्ता बताउँछन्। राष्ट्र बैंकको सुविधाले बैंकहरुको कर्जा क्षमता बढ्छ यसबाट लाभ लिने भने लगानीकर्ताले नै हो। उनले भने।

 

मंगलबार नेप्से २२.४४ अंकले बढेर ११२४.९६ बिन्दुमा पुुगेको छ । १६७ कम्पनीहरुका ७ लाख १४ हजार ८७६ कित्ता शेयर खरिद बिक्री भएर २१ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो सोमबारको तुलनामा २ करोड रुपैयाँ भन्दा बढीले कम हो। सोमबार २३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १० वटै समुहको सूचक बढेको छ । सबै भन्दा धेरै जीवन बीमा समुहको सूचक २५१.७३ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनीको पनि १५३.९३ अंकले सकारात्मक भएको छ। यस्तै माइक्रोफाइनान्स ४१.२८, हाइड्रोपावर २७.०५, होटल २३.०५, विकास बैंक २१.१६, अन्य १५.५४, वाणिज्य बैंक १४.६९ र उत्पादन तथा प्रशोधन ६.१३ अंकले बढेका छन्।

यस दिन अपर तामाकोशीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। तामाकोशीको १ करोड २७ लाख रुपैयाँ बरारको कारोबार भएको छ। बाँकी कुनै कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन्। यद्यपि नागरिक लगानी कोष र नविल बैंकको संस्थापक र सर्वसाधारण शेयर एक करोड बराबरको कारोबार भएको छ।

चौतारी लघुवित्त कम्पनीका शेयरधनीहरुले आजको कारोबारवाट सबैभन्दा धेरै बढी कमाएका छन्। चौतारीका शेयरधनीहरुले ९.९३ प्रतिशतले कमाएका हुन्। कालिका लघुवित्तको शेयरमूल्य पनि ९.६९ प्रतिशतले बढेको छ  

यस्तै नयाँ नेपाल लघुवित्त, सुर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्तको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढ्दा सामुदायिक लघुवित्त, प्राइम लाइफ, ग्लोबल आइएमई लघुवित्तको शेयरधनीले ६ प्रतिशतभन्दा बढीले कमाएका छन्। यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.८८ प्रतिशतले बढेको छ ।

यता वल्र्ड मर्चेन्ट फाइनान्सको शेयर मूल्य सबैभन्दा घटेको छ। फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको हो। यस्तै खानीखोला हाइड्रोपावरका शेयरधनीले ३.७५, आँखु खोला जलविद्युतका शेयरधनीहरुले २.४६ प्रतिशतले गुमाएका छन्।

तिनाउ विकास बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको इकाई मूल्य, नेशनल हाइड्रोपावर, भार्गव विकास बैंक, सुर्योदय लघुवित्त, सिर्नजी पावर, एनएमबि हाइब्रिड फण्डको इकाई मुल्य १ प्रतिशत भन्दा बढीले घटेका हुन्। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।