मुद्रा कोष र इक्वेडरबीच चार अर्ब डलरको सम्झौता

Feb 22, 2019 Merolagani

अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ । उक्त लगानी सम्बन्धी सम्झौतालाई कोषको बोर्डले आगामी साता अनुमोदन गर्नेछ ।

कोषले अन्तर्राष्ट्रिय समुदायले इक्वेडरलाई तीन वर्षभित्र उपलब्ध गराउने कूल १० अर्ब डलरकै एक हिस्सा रहेको जनाएको छ । बाँकी करिब ६ अर्ब डलर सहायता दक्षिण अमेरिकी विकास बैंक, इन्टर–अमेरिकन डेभलपमेन्ट बैंक, ल्याटिन अमेरिका रिजर्भ फन्ड र विश्व बैंकले प्रदान गर्नेछन् ।

“इक्वेडर सरकारले अझ गतिशील, दिगो र समावेशी अर्थव्यवस्था निर्माण गर्ने लक्ष्य राखेको छ,” इक्वेडरका लागि मुद्रा कोषकी मिसन प्रमुख अन्ना इभानोभाले बताए ।

इक्वेडरले अहिले करिब १० अर्ब डलरको वित्तीय घाटाको सामना गरिरहेको छ । उक्त समस्याका कारण सरकारी कर्मचारीको तलब भुक्तानी र आपूर्तिकर्ताको भुक्तानीमा ढिलाई भइरहेको छ ।

यस सम्झौताले दक्षिण अमेरिकी राष्ट्र इक्वेडरसँग कोषको तिक्ततापूर्ण सम्बन्धको अन्त्य भएको छ । सन् २००७ मा इक्वेडरका तत्कालीन राष्ट्रपति राफेल कोर्रेयाले इक्वेडरस्थित मुद्रा कोषको कार्यालय बन्द गरेका थिए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।