शेयर कारोबारमा प्यान अनिवार्य गर्न थप गृहकार्य आवश्यक

Feb 25, 2019 Merolagani

शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्न थप गृहकायको आवश्यकता औल्याईएको छ । धितोपत्र बोर्डले सोमबार आयोजना गरेको प्यान व्यवस्था सम्बन्धी छलफलका सहभागिहरुले तत्काल प्यान अनिवार्य नगरि ऐच्छिक गर्नुपर्नेमा जोड दिएका छन् ।

धितोपत्र बोर्डले आगामी वैशाख एक गतेदेखि शेयर खरिदमा प्यान अनिवार्य गर्ने भनेपछि शेयर बजारमा हलचल पैदा गरेको थियो । लगानीकर्ताले निरन्तर यसको विरोध गर्दे आएका थिए ।

सोमबार धितोपत्र बोर्डले प्यान व्यवस्था सम्बन्धी सरोकारवालसँग गरेको छलफलमा तत्काल प्यान अनिवार्य नगरिने अनौपचारिक सहमति भएको छ ।

कार्यक्रममा बोर्ड अध्यक्ष कार्कीले प्यान अनिवार्य गर्न व्यवहारिक र प्राविधिक कठिनाई रहेको औल्याउँदै धेरै लगानीकर्ताले प्यान नलिएकाले पनि अनिवार्य गर्न सकिने अवस्था नरहेको स्वीकार गरे । तर उनले यसको अन्तिम निर्णय बोर्डले गर्न नसक्ने भन्दै सम्बन्धीत निकायमा सरोकारवालाले दिएको सुझाब राख्ने उद्घोष गरे । । उनले भने, ‘कर निर्धारण गर्ने बोर्डको काम होइन, हामी सरोकारवाला निकायसंग थप आवश्यक गृहकार्य गरेर अघि बढने छौं ।’

छलफलमा सहभागी लगानीकर्ताहरुले भने आफ्ना पुराना मागहरु नै यथावत राखेका थिए । छलफलमा लगानीकर्ताहरुले अनिवार्य भन्ने शब्द हटाएर एच्छिक गर्नुपर्ने माग राखे । त्यस्तै पूँजीगत लाभकर ७.५० प्रतिशत नै अन्तिम हो वा होईन एकिन गर्न पनि बोर्डको ध्यानकर्षण गराए । उनीहरुले सरकार र लगानीकर्ताको पुलको काम धितोपत्र बोर्डले गर्नुपर्नेमा जोड दिए ।

बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले लगानीकर्ताहरुबाट उठेको जिज्ञासा लाई अर्थ मन्त्रालय र अन्तिक राजश्व विभागसंग निरन्तर छलफल गरी निक्र्योल गर्ने अश्वासन दिए । यस्तै उनले प्यान कार्डले परिचयपत्रको काम गर्ने पनि जानकारी गराए ।

बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तगर्त लगानीकर्ताहरुलाई प्यान लिन प्रोत्साहान गर्ने उदेश्यले छलफल तथा अन्र्तकृया कार्यक्रम आयोजना गरेको हो । यस अघिनै धितोपत्र बोर्डले २०७६ बैशाख १ गते अनिवर्या प्यान लागु गर्ने सूचना जारी गरीसकेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।