नबिल बैंकको साधारणसभा सम्पन्न, ३४ प्रतिशत लाभांश पारित

Mar 11, 2019 Merolagani

नबिल बैंक(NABIL) को फागुन २७ गते सम्पन्न ३४ औं वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश परित गरेको छ । साथै बैंकले दश प्रतिशत संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको १० प्रतिशत (८० लाख ३७ हजार २९ कित्ता) शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने भएको हो ।

सभाले बैंक सञ्चालक समितिले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गरेको हो।

उक्त लाभांश फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् । साधारणसभा प्रयोजनका लािग बैंकले गत फागुन १४ गते शेयरधनी किताब बन्द गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । १२ बोनसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ । चालु आवको दोस्रो त्रैमासमा नबिलले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाए। वार्षिक प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा कायम गरेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।