तरलता अभाव हुन थालेपछि केन्द्रीय बैंकले आइतबार थप ५ अर्ब तरलता वित्त बजारमा पठाउँदै

Mar 22, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले चैत १० गते आइतबार बैंकिङ्ग प्रणालीमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ। केन्द्रीय बैंकले एक हप्तामा परिपक्व हुने रिपो जारी गरेर तरलता प्रवाह गर्न लागेको हो। चैत ७ गते बिहीबार मात्रै ५ अर्ब रुपैयाँ तरलता प्रवाह गरेको केन्द्रीय बैंकले आइतबार ५ अर्ब पठाउन लागेकाे हाे।

आगामी चैत्र १७ गते सावाँ तथा व्याज भुक्तानी हुने सो रिपो बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार अपराह्न ३ बजेभित्र अनलाइन बिडिङ्ग मार्फत सहभागिता जनाउन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

रिपो बोलकबोलमामा मास्टर पर्चेज एग्रिमेन्ट अनिवार्य गरिएको छ।आइतबार नै बोलकबोल गरेर सोही दिन जारी हुने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा परेको बोलकबोलबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ।

चैत्र १७ गते परिपक्व हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ। बैंकिङ्ग प्रणालीमा तरलता अभाव देखिए पश्चात केन्द्रीय बैंकले रिपोमार्फत अल्पकालीन अवधिको तरलता प्रवाह गरेकाे हाे।  

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले समय समयमा रिपोमार्फत बजारमा पैसा पठाउने गर्दछ। यस्तै बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएमा रिर्भस रिपो मार्फत तरलता प्रशोचन गर्ने गर्दछ।

रिपोले बैंक तथा वित्तीय संस्थाहरुको अन्तर बैंक ब्याजदर घटाउन समेत सहयोग पुर्याउने गर्दछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।