नबिल इक्वीटी फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्यमा सुधार

Mar 31, 2019 Merolagani

नबिल इक्वीटी फण्डको फागुन मसान्तमा प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) ८ रुपैयाँ ७१ पैसा छ। यो गत महिनाको तुलनामा फण्डको एनएभि १० पैसा बढेको हो। माघ महिनामा फण्डको एनएभि ८ रुपैयाँ ६१ पैसा थियो।

एक अर्ब २५ करोड रुपैयाँको आकारमा सञ्चालीत फण्डको खुद सम्पत्ति एक अर्ब ८ करोड ८१ लाख ६४ हजार ४६० रुपैयाँ पुगेको छ।

माघ महिनाको तुलनामा फण्डको खुद सम्पत्ति एक करोड १२ लाख ९६ हाजर १८ रुपैयाँले घटेको हो। माघमा फण्डको खुद सम्पत्ति एक अर्ब ७ करोड ६८ लाख ६८ हजार ४४२ रुपैयाँ थियो । 

फागुन महिनामा फण्डको सूचीकृत शेयरमा ६५ करोड १६ लाख ५० हजार ४६२ रुपैयाँ लगानी छ। माघ मसान्तको तुलनामा सूचीकृत शेयरमा लगानी एक करोड ४१ लाख १० हजार ८८८ रुपैयाँले बढेको हो।

फण्डको नागरिक लगानी कोषको शेयरमा सबैभन्दा बढी ७ करोड १७ लाख ९१ हजार ५१० रुपैयाँ लगानी छ । यस्तै ऋणपत्रमा ८ करोड ६३ लाख ८८ हजार ८३९ रुपैयाँ लगानी छ ।

यस महिना फण्डले सूचिकृत हुन बाँकी शेयरमा तीन करोड २२ लाख १९ हजार ९८८ रुपैयाँ लगानी छ भने मुद्धती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ।

समीक्षा अवधिसम्ममा फण्डको बैंक मौज्दात ३८ लाख ६४ हजार ३४ रुपैयाँले घटेर १८ करोड ८२ लाख ९ लाख ८४१ हजार रुपैयाँ सञ्चित छ भने ९५ लाख ८२ हजार १३० रुपैयाँको अन्य सम्पत्ति रहेको छ।

फागुन मसान्तमा फण्डको कुल आय ५६ लाख ८२ हजार २९० रुपैयाँ रहेको छ । माघ मसान्तमा फण्डको यस्तो आम्दानी ५६ लाख १३ हजार ७२८ रुपैयाँ ऋणात्मक रहेको थियो।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।