नेप्सेले कार्यान्वायनमा ल्यायो नयाँ सर्किट ब्रेक प्रणाली, यस्तो छ व्यवस्था

Apr 01, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई संसोधन गरेको छ । भोलि अर्थात २०७५ चैत १९ गतेदेखि कार्यान्वायनमा आउने गरी नयाँ प्रणाली कार्यान्वायनमा ल्याउने निर्णय भएको नेप्सेले जनाएको छ ।

नयाँ प्रणाली अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित हुनेछ ।

त्यसै गरी दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनटका लागि कारोबार स्थगित हुनेछ भने कुनै पनि बेला ६ प्रतिशतले बजार घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित हुने छ ।

यस अघि नेप्सेले २ मोडलहरुलाई अघि बढाएको थियो । नयाँ व्यवस्थामा दुवै मोडलका विविध पक्षको मिश्रणबाट नयाँ प्रणाली कार्यान्न्वयनमा ल्याउने निर्णय नेप्सेले गरेको हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।