गुराँस लघुवित्तलाई आईपिओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

Apr 10, 2019 Merolagani

गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) लाई साधारण शेयर (आईपिओ) निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएको छ। चैत २६ गते बोर्डले लघुवित्तलाई जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको शेयर जारी गर्न अनुमति दिएको हो।

लघुवित्तले गत पुस १० गते २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको थियो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।

लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ। २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ४० लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । पुस मसान्तसम्म ५१ करोड बढी कर्जा प्रवाह गरेको लघुवित्तले एक करोड २२ लाख खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तमा खराब कर्जा अनुपात ३.८३ प्रतिशत रहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।