अनलाइन प्रणाली सुधार गर्न वाईकोले मागेको महिना दिन सकियो, के के भयो ?

Apr 23, 2019 Merolagani

शेयर दलाल तथा नेप्सेका पदाधिकारीसँग अनलाइन प्रणालीमा दनेखिएका समस्या समाधान गर्न वाईको प्रालिले मागेको समय सकिएको छ । गत चैत ८ गते नेप्सेले सबै पक्षलाई समस्या समाधानका लागि बोलाएको छलफलमा वाईकोले एक महिनाको समय माग गरेर सबै समस्या समाधान गर्ने बताएको थियो ।

वाइकोले अब अनलाइन कारोबार प्रणालीमा समस्याहरु नदेखिने दाबी गरेको छ । आफुले मागेको समयसीमामा गरिएका सुधारहरुका बरेमा निरीक्षण गर्नका लागि नेपाल स्टक एक्सचेञ्चलाई आग्रह गरिएको वाइकोका प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानले मेरोलगानीलाई बताए ।

मेरोलगानीसँगको कुराकानीमा प्रधानले भने, 'हामीले अनलाइन प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाएका छौं । अहिलेको अवस्थामा फेरी एक पटक यूएटी (युजर एसेप्टेन्स टेस्ट) गराएर आईएसओ मान्यता पाउने अवस्थामा प्रणालीको सुधार गरिएको छ ।'

पहिलो पटक आंशिक रुपमा अनलाइन प्रणाली सञ्चालनमा आए पछि भदौ, असोजमा पहिलो पटक यूएटी गरिएको थियो । नेप्सेले गुणस्तरमा कुनै पनि गुनासो आउन नहुने भन्दै वाइकोलाई प्रणाली चुस्त र अन्तर्राष्ट्रियस्तरको बनाउन दवाब दिएको थियो ।

यसै क्रममा एक महिना पहिले नेप्सेले शेयर दलाल तथा वाइकोका प्रतिनिधिलाई बोलाएर प्रणालीमा देखिएका समस्या र समाधानका उपायको खोजी गरेको थियो । उक्त छलफलमा आएका सुझावका आधारमा सबै किसिमका साना ठुला समस्यालाई सुधार गरी आएसओ मान्यता पाउन सक्ने अवस्थामा पुर्याइएको वाईको प्रमुख कार्यकारी अधिकृत प्रधानको दाबी छ ।

सुधार पछिको अवस्थामा यूएटी गरेर नेप्सेले आईएसओ प्रमाणीकरणको प्रकृया अघि बढाउने बताइएको छ । यसले लगानीकर्ता, शेयर दलाल तथा सम्बद्ध पक्षलाई प्रणालीप्रति विश्वास जगाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।

शेयर किन्दा वा बेच्दा रिस्क म्यानेजमेण्ट सिष्टममा भएको पहिलेको व्यवस्थालाई अहिले सुधार गरी शेयर किन्दा मात्र शेयरकोमा रकम जम्मा गर्नु पर्ने व्यवस्था कार्यान्वायनमा आईसकेको प्रधानले जानकारी दिए ।

उनका अनुसार यस अघि शेयर दलालको शाखाहरुबाट हुने कारोबारको कार्यसम्पादन केन्द्रले मात्र मिलान गर्ने व्यवस्थामा पनि परिमार्जन गरी शाखा कार्यालयले नै सबै कामहरु पुरा गर्न सक्ने प्रणालीको विकास गरिएको छ ।

प्यान नम्बर प्रबिष्ट गर्ने प्रणालीको विकास गरिएको बताएका प्रधानले साना ठुला किसिमका मात्र नभई साना किसिमका सम्भावित समस्याको पनि समाधान गरिएको बताए । अबका दिनमा कारोबारका क्रममा कुनै पनि किसिमको समस्या नदेखिने भन्दै उनले लगानीकर्तालाई विश्वस्त भएर शेयर कारोबार गर्न आग्रह गरे ।

क्लियरिंग हाउसमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन प्रणालीमा पहिलो चरणमा इटिग्रेशन गराउने काम सकिएको छ । अब दोस्रो चरणको इण्टिग्रशेन अन्तिम चरणमा पुगेको बताइएको छ । यो इण्टिग्रोसन पछि शेयर कारोबारका दौरान रकमको राफसाफ सहज बन्ने प्रधानको भनाई छ ।

केही समयमा नै सुधारका सबै कामको बारेमा लगानीकर्ता, शेयर दलाल, धितोपत्र बोर्ड, नेप्से लगायतका सम्बद्ध पक्षहरुलाई प्रष्ट अनि बुझिने शैलीमा प्रस्तुती दिइने दिपेश प्रधानले जानकारी दिए ।

उता स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले विगतमा जस्तो अनलाइन प्रणालीमा धेरै समस्याहरु देखिन छाडेको बताए । यद्यपी पछिल्ला दिनमा गरिएका सुधारका सम्बन्धमा औपचारिक रुपमा कुनै विषय बाहिर नआएका कारण फेरी समस्या नआउला भन्नेमा ढुक्क हुन सक्ने अवस्था नरहेकोरानाभाटले बताए ।

वाइकोले समय मागे पछिका दिनमा कुनै पनि किसिमको सम्वाद नभएका कारण आफुहरु सुधारका कामहरु बारे अनभिज्ञ रहेको उनको भनाई थियो । सुधारका सम्बन्धमा जानकारी पाए पछि त्यसका विविध पक्षलाई हेरेर मात्र समस्या भए नभएको यकिन गर्न सकिने रानाभाटले मेरोलगानीलाई बताए ।

अनलाइन प्रणालीका सम्बन्धमा नेप्से, वाइको र शेयर दलालको छलफलमा के भयो ?

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।