तेलको मूल्य छ महिनाकै उच्च

Apr 25, 2019 RSS

ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो ।

संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो ।

जुन महिनाका लागि प्रति ब्यारेल ७५.३५ अमेरिकी डलरको अर्डर छ जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो ।

डब्लुटीआईको मूल्यमा पनि प्रति ब्यारेल २७ सेन्ट बृद्धि भई ६६.१६ डलर पुगेको छ । यो बृद्धिसँगै डब्लुटीआईको मूल्यमा ६ महिनाकै उच्च हो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।