सरकारका राजनीतिक एजेण्डालाई सहयोग पुग्नेगरी आर्थिक स्रोतले भ्याएसम्मको लोकप्रिय बजेट आउँछ : अर्थमन्त्री

May 08, 2019 Merolagani

सरकारले आगामी आर्थिक बर्षका लागि अति लोकप्रिय बजेट ल्याउने तयारी गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

संघीय संसदको अर्थ समितिमा बुधबार भएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा अर्थमन्त्री खतिवडाले राजनीतिक एजेण्डालाई आर्थिक श्रोतले भ्याउने हदसम्म पपुलिष्ट हुने बताए ।

बैठकमा अर्थमन्त्रीले भने, स्रोतले भ्याएसम्म जनताका हरेक आंकाक्षा बजेटले समेट्छ । सरकारले अगाडि सारेका राजनीतिक एजेण्डालाई आर्थिक रुपमा बजेटले साथ दिने उनले प्रष्टाए ।

वजेट कार्यन्वयनको तह सम्म पुर्याउन स्रोतले भ्याए सम्म जनतासम्म पुग्नेगरी वजेट विनियोज गरीने अर्थमन्त्रीको भनाई छ ।

 

कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा आफू कटिबद्ध रहेको बताउदै विस्तृत आयोजना प्रतिवेदन नभएका आयोजना बजेटमा समावेश नगर्ने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।

बैठकमा सांसदहरुले सार्वजनिक खरिद ऐन संसोधन नहुदा बजेट कार्यन्वयनमा समस्या भएको बताए । जवाफमा अर्थमन्त्रीले सार्वजनिक खरिद सँग सम्बन्धित सबै कुरा नियमावलीबाट सम्बोधन हुन सक्ने र छिट्टै कार्यन्वयनमा आउने जानकारी दिए ।

साना र ठूला आयोजनाहरुको तालमेल मिलाउने सम्बन्धको विधयेक बनिसकेको जानकारी दिदै ऐन संसदबाट पास भए पछि ठूला आयोजनासँगै राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन सहज हुने बताए ।

साथै उनले आयोजनाहरुको वर्गिकरण गरिने, कस्ता आयोजनाहरु कुन सरकारले गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था हुन पर्ने बताए ।

छलफलमा सांसदहरुले सरकारले पपुलिस्ट बजेटका नाममा कनिका छरेजसरी बजेट छर्न नहुने सुझाब दिएका थिए ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।