वित्तीय क्षेत्रको पहुँच र कारोबारमा उल्लेख्य विस्तार, प्रदेश ३ मा धेरै शाखा सञ्जाल

May 28, 2019 Merolagani

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वित्तीय क्षेत्रको पहुँच र कारोबारमा उल्लेख्य विस्तार भएको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस अवधि सम्ममा १७५ बैंक तथा वित्तीय संस्थाहरु संचालनमा रहेका छन् ।

आर्थिक सर्वेक्षणको प्रतिबेदन अनुसार चैत मसान्त सम्ममा २८ बाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी तथा ९१ लघुवित्त संस्थाहरु संचालनमा छन् ।

वित्तीय प्रणलीको कुल सम्पत्ति/दायित्व संरचनामा बैंकिङ्ग उल्लेख रहेको छ । २०७५ पुस मसान्त सम्ममा बैंक तथा वित्तीय क्षेत्रको मात्रै ८७.३ प्रतिशत योगदान छ । वित्तीय क्षेत्र अन्र्तगत राष्ट्र बैंकको १८.५ र बाणिज्य बैंकहरुको योगदान ५६.७ प्रतिशत रहेको छ ।

२०७५ फागुनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप तरल सम्पतिको अंश २२.५६ प्रतिशत, नगद तथा मौज्दातको अंश १०.३५ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पूँजीमा कुल कर्जाको अंश ८०.५७ प्रतिशत रहेको सर्वेक्षण प्रतिबेदनमा उल्लेख छ ।

मर्जर तथा प्राप्त नीति कार्यान्ववयनमा आएपछि चैत मसान्त सम्ममा १६५ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा आएका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विस्तार भई २०७५ फागुन सम्म ४ हजार ७०१ पुगेको छ ।

सबै भन्दा धेरै प्रदेश नम्बर ३ मा एक हजार ५०६ र सबै भन्दा कम कर्णाली प्रदेशमा १७८ शाखा संख्या रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।