युवालाई जागिरको पछि लगाउँने हैन, उद्यम गर्न सिकाउँः गभर्नर नेपाल

Jun 07, 2019 merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताएका छन् । स्याङ्जाको वालिङमा शुरु भएको दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उनले भने, “वित्तीय जागरणविना मुलुकको विकास र समृद्धि सम्भव छैन ।”

गभर्नर डा. नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता र करमा सहुलियत दिनुपर्ने उल्लेख गर्दै युवालाई अब जागिरको पछाडि दौडाउने होइन, उनीहरुलाई उद्यमशीलता र व्यावसायिकतातिर लगाउनुपर्ने आवश्यकता छ भने ।

उनले नेपालीहरु अझै पनी उर्वर भूमिको प्रयोग नगरी भारतबाट आयात गरेर तरकारी, फलफूल तथा खाद्यान्नको प्रयोग गर्नुले देशको अर्थतन्त्रमाथि नकारात्मक असर परेको बताए ।

वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सरकारी कर्मचारीले कुन दफा लगाएर उद्योगीलाई कस्न सकिन्छ भन्ने सोचका साथ दुःख दिने गरेकाले पनि देशमा कलकारखाना र उद्योगधन्दाको विकास हुन नसकेको बताए ।

वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बैंकिङ क्षेत्रले उद्योगी र किसानलाई सहज र सरलरुपमा कर्जा पाउने वातावरणको सिर्जना नगरेसम्म मुलुकलाई आत्मनिर्भर समृद्धि बनाउने कुरा नारामै सीमित हुने धारणा व्यक्त गरे ।

ग्रामीण अर्थतन्त्रको विकास र लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यले मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समिति र वालिङ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पोमा वालिङ नगरपालिकाभित्र रहेका २२ बैंक तथा वित्तीय संस्था सहभागी छन् । एक्स्पोमा उद्यमशीलताका बारेमा बहस, वित्तीय साक्षरतासम्बन्धी विशेष अन्तक्र्रिया गरिने बताइएको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।