मेरो सुरक्षाको मोबाइल बीमा सेवा बुटवल, पोखरा र पाल्पामा बिस्तार

Jul 01, 2019 02:03 PM merolagani

मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीन शहरमा पुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखा बिस्तार गरी सेवा सुरु गरेकोे हो ।

संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका लाखौं प्रयोगकर्ता, मोबाइल व्यवसायी तथा राष्ट्रलाई योगदान पुर्याउने विश्वास मेरो सुरक्षाले लिएको छ । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा बीरगञ्ज र चितवनमा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर सेवा बिस्तार गरिएको बताए ।

यस अघि नै चितवन र बीरगञ्जबाट सेवा सुरु गरिसकेको मेरो सुरक्षाले निकट भविष्यमा धरान, इटहरी र बिराटनगरबाट पनि सेवा सुरु गर्ने सुनवारले जानकारी दिए ।

सेवा सुरु गरेको छोटो समयमा नै ५० हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लानमा आवद्ध भईसकेका छन् । दैनिक दुई सयभन्दा बढी मोबाइलप्रयोगकर्ता प्रोटेक्सन प्लानमा सहभागि हुने गरेको मेरो सुरक्षाले जनाएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि निशुल्क उपलब्ध गराउँदै आएको छ ।

जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउने छन् । साथै हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराइनेछ ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा रिकभर गरी मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् ।

मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र मेरो सुरक्षाले नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

यो सेवा पाउनका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।

मेरो सुरक्षाको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।