आईपिओभन्दा सस्तो शेयरमूल्य रहेको ङादी ग्रुपले कमायो २३ रुपैयाँ

Nov 19, 2019 08:53 AM Merolagani

धितोपत्रको दोस्रो बजारमा आईपिओभन्दा सस्तो शेयरमूल्य रहेको ङादी ग्रुप पावर कम्पनी (NGPL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६९ पैसा कायम गरेको छ।

कम्पनीले विभिन्न शिर्षहरुमा हुने खर्चमा कटौति गरि विद्युत ब्यापारबाट आम्दानी बढाउँदा गत आवको प्रथम त्रैमास अवधिको तुलनामा इपिएसमा ३ रुपैयाँले सुधार गरेको हो। कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९८ रुपैयाँमा कारोबार भएको छ।

गत आवको यसै अवधिमा कम्पनीले वार्षिक २० रुपैयाँ ६८ पैसा कायम रहेको थियो। ५३ करोड ५५ लाख रुपैयाँ पूँजी रहेको यस कम्पनीको ९७ करोड २९ लाख बराबरको सम्पत्ति तथा दायित्व रहेको छ।

चालू आवको असोज मसान्तसम्म कम्पनीले विद्युत्त बिक्रीबाट ५ करोड ३५ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनील ५ करोड ५ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ४ करोड ७५ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४ करोड ४९ लाख ४७ हजार रुपैयाँ थियो।

 गत असोजको तुलनामा अन्य आय भने १० लाख ५४ हजारबाट घटेर ५९ हजारमा खुम्चिएको छ।

कम्पनीको जगेडा कोषमा ९ करोड ६५ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ०३ पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १८१ रुपैयाँ रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।