एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा बढ्यो, प्रतिदिन १ लाखसम्म निकाल्न पाउने

Jan 03, 2020 08:41 AM Merolagani

अब एटीएम कार्ड प्रयोग गरी प्रतिदिन एक लाखसम्म निकाल्न पाउने भएको छ। नेपाल राष्ट्र बैंकले पुस १७ गते, बिहीबार एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी एक पटकमा न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था गरेको हो। यसअघि एक पटकमा २० हजार रुपैयाँ गरी प्रतिदिन ६० हजार रुपैयाँमात्र निकाल्न पाइने व्यवस्था रहेको थियो।

गत भदौमा विभिन्न बैंकका एटीएमहरु प्रयोगगरी करोडौँ रुपैयाँ लुटपाट भएपछि केन्द्रिय बैंकले एटीएमबाट निकाल्न पाउने रकमको सीमा घटाएर २० हजार रुपैयाँमा सीमित गरेको थियो।

प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम एक लाखसम्मको कार्ड जारी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्ता कार्डहरुबाट न्यूनतम ५ सयदेखि २५ हजार रुपैयाँसम्म निकाल्न सकिनेछ। 

 

त्यस्तै, क्रेडिट कार्डबाट सामान्यतयः नगद कारोबार गर्न नपाइने भएपनि ग्राहकलाई अत्यावश्यक परेमा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।