स्टान्डर्ड चार्टर्डको पनि नगद लाभांशमै जोड, १० प्रतिशत बोनस र ४१ प्रतिशत नगद , फेवाले ३० प्रतिशत लाभांश दिने

Sep 26, 2014 MeroLagani



स्टान्डर्ड चार्डर्ड बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयरसहित ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बेंकको संचालक समितिको बैठकले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र ४१ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

 
बैंकको चुक्ता पूँजी २ अर्ब ४ करोड रहेकोमा १० प्रतिशत बोनस जारीपछि झण्डै २ अर्ब २५ करोड पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ६७ रुपैयाँ कायम गरेको थियो । बैंकको जगेडा कोषमा ३ अर्ब ९३ करोड र निस्क्रिय कर्जा अनुपात ०.४८ प्रतिशत रहेको छ । 
 
विदेशी साझेदारी भएकाले यस बैंकका संचालकहरुले पनि बोनस शेयर भन्दा नगद लाभांशमै जोड दिएका छन् । स्वदेशी लगानीकर्ताहरुको बाहुल्यता रहेको बैंक तथा बित्तीय संस्थाहरुले बोनस शेयर धेरै दिने गरेकाले सर्वसाधारण लगानीकर्तामा त्यस्ता संस्थाहरुको प्रतिफल घोषणा उत्साहजनक हुने गरेको पाईएको छ ।
 
उता, पोखरामा मुख्य कार्यालय रहेको फे्वा फाईनान्सले पनि लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र १०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्सले गत आर्थिक बर्षमा ९ करोड ३३ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी २८ रुपैयाँ कायम गरेको थियो । 



अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।