चिलिमेले ५ बर्षमा ५ सय मेगावाट विद्युत उत्पादन गर्ने

Oct 20, 2014 Kailash Khadka

चिलिमे जलविद्युत कम्पनीले आगामी ५ बर्षभित्र ५ सय मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौमा आयोजित कम्पनीको अठारौ बार्षिक साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष रामचन्द्र पाण्डेले ५ सय मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गर्नुभएको हो । 

कम्पनीले रसुवाको चिलिमे आयोजनाबाट ४२ मेगावाट विद्युत उत्पादन गरिरहेको छ भने सिन्द्युपाल्चोक र रसुवामा निर्माणधिन थप ४ आयोजनाबाट २ सय ७० मेगावाट विद्युत उत्पादन हुने  छ । जलाशयमा आधारित सहित केही आयोजनाहरुको सर्वेक्षण पुरा भई अनुमति लिने प्रक्रियामा रहेको बताईएको छ ।  निर्माणधिन आयोजनाहरु भने २०१७ सम्ममा पुरा गरिने छ । कम्पनीका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विद्युत प्राधिकरणले फिर्ता गरेपछि ती आयोजना निर्माणमा देखिएको बिबाद क्रमशः साम्य हुँदै गई निर्माण प्रक्रियाले गति लिएको दावी पनि गरिएको छ । 
 
कम्पनीले गत बर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय साधारणसभाबाट पारित गराएको छ । कम्पनीको चुक्ता पूँजी अब २ अर्व ७२ करोड ५६ लाख पुगेको छ  भने संचित कोषमा ३ अर्व ६६ करोड ८९ लाख रहेको छ । आर्थिक वर्ष २०६९ / ०७० मा कम्पनीको नाफा ९६ करोड ५० लाख रहेको थियो भने गत बर्ष झण्डै ९४ करोड पुगेको छ । कम्पनीले आर्थिक वर्ष ०६९/०७० मा विद्युत विक्रि वापत ९६ करोड ८५ लाख प्राप्त गरेको थियो भने गत बर्ष ९८ करोड ५० लाख प्राप्त भएको जनाईएको छ ।
 

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।