चिलिमेले ५ बर्षमा ५ सय मेगावाट विद्युत उत्पादन गर्ने

Oct 20, 2014 Kailash Khadka



चिलिमे जलविद्युत कम्पनीले आगामी ५ बर्षभित्र ५ सय मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौमा आयोजित कम्पनीको अठारौ बार्षिक साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष रामचन्द्र पाण्डेले ५ सय मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गर्नुभएको हो । 

कम्पनीले रसुवाको चिलिमे आयोजनाबाट ४२ मेगावाट विद्युत उत्पादन गरिरहेको छ भने सिन्द्युपाल्चोक र रसुवामा निर्माणधिन थप ४ आयोजनाबाट २ सय ७० मेगावाट विद्युत उत्पादन हुने  छ । जलाशयमा आधारित सहित केही आयोजनाहरुको सर्वेक्षण पुरा भई अनुमति लिने प्रक्रियामा रहेको बताईएको छ ।  निर्माणधिन आयोजनाहरु भने २०१७ सम्ममा पुरा गरिने छ । कम्पनीका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विद्युत प्राधिकरणले फिर्ता गरेपछि ती आयोजना निर्माणमा देखिएको बिबाद क्रमशः साम्य हुँदै गई निर्माण प्रक्रियाले गति लिएको दावी पनि गरिएको छ । 
 
कम्पनीले गत बर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय साधारणसभाबाट पारित गराएको छ । कम्पनीको चुक्ता पूँजी अब २ अर्व ७२ करोड ५६ लाख पुगेको छ  भने संचित कोषमा ३ अर्व ६६ करोड ८९ लाख रहेको छ । आर्थिक वर्ष २०६९ / ०७० मा कम्पनीको नाफा ९६ करोड ५० लाख रहेको थियो भने गत बर्ष झण्डै ९४ करोड पुगेको छ । कम्पनीले आर्थिक वर्ष ०६९/०७० मा विद्युत विक्रि वापत ९६ करोड ८५ लाख प्राप्त गरेको थियो भने गत बर्ष ९८ करोड ५० लाख प्राप्त भएको जनाईएको छ ।
 

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।