एक ट्रेडमा कति जोखिम लिने?

Jul 27, 2021 06:43 PM Merolagani

ट्रेडिङ्ग डिस्कसन फोरममा प्रायः सोधिने प्रश्न हो, एक ट्रेडरले कति जोखिम लिनु पर्छ? नयाँ तथा रुढीवादी ट्रेडरहरु १ देखि २ प्रतिशतसम्मको मानक तय गरेर अघि बढ्छन् जबकी आक्रमक लगानीकर्ताहरु कहिलेकाहीँ ५ प्रतिशतसम्म जोखिम लिन सुझाव दिन्छन्।

तपाईले के बुझ्नु जरुरी छ भने जोखिम सहिष्णुता एक आयामी कार्य होइन। अवश्य पनि त्यहाँ केही नियम छन् जसको पालना गर्नुपर्छ तर आफ्ना व्यक्तिगत प्राथमिकताहरुका कारण दीर्घकालमा यो अझै झनै नाफामूलक हुनसक्छ।

नाफा कमाउने क्षमताका लागि तपाईले गुमाउने सम्भावित रकममा तपाई जति सहज हुनुहुन्छ, त्यो नै जोखिम सहिष्णुता हो।

जोसँग स्थिर आम्दानी अथवा वित्तीय बजारमा अनुभव छ, उनीहरु आक्रमक हुनसक्छन्, जबकी जोसँग अन्य वित्तीय दायित्व छ र सीमित ट्रेडिङ्ग अनुभव छ उनीहरु नाफाका लागि प्रायजसो कम जोखिमका बाटो अपनाउछन्।

दुर्भाग्यवश यो सबै ट्रेडरहरुको केसमा लागु हुँदैन।

धेरै नयाँ लगानीकर्ताहरु छिटो र सजिलो नाफाका कारण प्रलोभित हुन्छन् किनकी उनीहरुसँग सीमित ट्रेडिङ्ग अनुभव छ, उनीहरु प्रायः आफ्नो क्षमताभन्दा बढी जोखिम लिन पुग्छन्।

आफ्नो क्षमताभन्दा बढी पैसा जोखिममा हाल्दा, त्यो डुब्यो भने त्यसले तपाईको ट्रेडिङ्ग मानसिकता नै बिगार्छ र त्यसले तपाईलाई सही ट्रेडिङ्ग निर्णय लिनबाट वञ्चित गराउँछ। त्यसपछि अन्त्यमा तपाई आफ्नो निर्णय आफुले लिएको ट्रेनिङ्गभन्दा पनि आफ्नो खाताको मौज्दातमा आधारित भएर लेख्नुहुनेछ।

त्यसोभए, हरेक ट्रेडमा तपाई कति आक्रमक हुनुहुन्छ भने कसरी थाहा पाउने? यहाँ ५ कुराहरु दिइएको छ जसलाई तपाईले ध्यान दिनुपर्ने हुन्छ।

१) जीवन शैली

के तपाईसँग स्थिर आम्दानी छ? यदि तपाईले नियमित तलब पाइराख्नु भएको छ भने तपाई यहाँ त्यहाँको घाटाले खासै फरक पर्दैन र तपाई आफ्नो ट्रेडिङ्ग सीपमा ध्यान दिन सक्नुहुन्छ।

यदि तपाईको आम्दानी अथवा ऋण चुक्ता गर्ने र अन्य वित्तीय दायित्व पुरा गर्ने एक मात्र स्रोत ट्रेडिङ्गको नाफा हो भने तपाई धेरै लोभ र डरमा आधारित निर्णयहरु लिनुहुन्छ र तपाई सानो पोजिशन आकारमा अल्झिनुहुन्छ।

२) ट्रेडिङ्ग पूँजी

तपाईले आफ्नो ट्रेडिङ्ग व्यवसायमा कति लगानी गर्नुभएको छ? एक ठूलो ट्रेड खाता प्रति ट्रेड ठूला पोजिशनमा टिक्न सक्छ।

त्यसैगरी, साना खाता भएका ट्रेडरहरु त्यस्ता कुनै ट्रेड गर्नु हुन्न जसले साना उतारचढावहरुले नै मार्जिन कललाई ट्रिगर गरोस्।

३) समय सीमा

तपाई कति समयका लागि कारोबार गर्ने योजना बनाइ राख्नुभएको छ? दीर्घकालिन ट्रेडका लागि पोजिशनको आकार सामान्यतयः सानो हुन्छ किनभने उनीहरु उतारचढावको सामना गर्न सक्छन्।
यदि तपाई डे वा स्वीङ्ग ट्रेडहरु गर्नुहुन्छ भने तपाई सायद आफ्नो औसत स्थितिको आकारलाई केही बढाउन सक्छ।

४) अनुभव

यदि तपाई लामो समयदेखि ट्रेड गरिरहनुभएको छ भने तपाईमा आफ्नो ट्रेडिङ्ग प्रवृत्ति र निर्णयमा अधिक विश्वास हुनसक्छ।

वास्तवमा, आफ्नो पोजिशन साइजलाई बढाउनु आफ्नो ट्रेडिङ्ग गेमलाई सुधार्ने अर्को कदम हुनसक्छ।

तर, यदि तपाई बजारमा नयाँ हुनुहुन्छ र तपाई अझै पनि भावनामा आधारित निर्णय लिइरहनु भएको छ भने सानो पोजिशन साइज तपाईको लागि राम्रो विकल्प हुन सक्छ।

५) ट्रेडिङ्ग आत्मविश्वास

यदि तपाईले केही महिना वा वर्ष ट्रेडको अनुभव बटुलिसक्नु भएको छ भने तपाईले त्यस्ता दिनहरु पनि देख्नुभएको हुनसक्छ जब तपाई बजारसँग तालमेल नमिलेको महसूस गर्नु भयो।

उदाहरणको लागि, तपाई ट्रेडिङ्ग रुटमा या हार्ने बाजीको बीचमा फस्नु भएको हुनसक्छ र तपाई आफ्नो लगानी फिर्ता नभएसम्म सहज महसुस गर्नुहुन्न।

यस्तो अवस्थामा आफ्नो एक ट्रेडमा जोखिमको रकम घटाउनुमा केही लाज मान्नु पर्दैन र हेर्नुहोस् यसले तपाईका लागि कसरी काम गर्छ। जब तपाई आफुलाई आफ्नो ट्रेडिङ्ग योजनालाई कति राम्रोसँग कार्यान्वयन गरिरहनु भएको छ भन्ने कुरालाई भुलेर आफ्नो ब्यालेन्स हेरेर चिन्तित भइरहनु भएको बेला त्यसैमा अडिग रहिरहनुस्।

त्यसपछि, तपाईले आफ्नो औसत पोजिशन साइज विस्तारै बढाउन सक्नुहुन्छ र आफ्नो ट्रेडिङ्ग लयमा फर्किन सक्नुहुन्छ।

ह्याप्पी ब्यालेन्स खोज्नुहोस् जसले तपाईको खातामा महत्वपूर्ण परिवर्तन गर्न सकोस् र त्यही समयमा तपाईलाई आफ्नो ट्रेडिङ्ग सीप सुधार गर्न ध्यान केन्द्रित गर्न सक्षम बनाओस् र अन्ततः तपाईले लाभदायक बाटो पत्ता लगाउनु हुनेछ।

याद राख्नुहोस् जोखिम लिने कुनै फर्मुला छैन। तपाई विभिन्न पुस्तक तथा ब्लग पढ्न सक्नुहुन्छ र अन्य ट्रेडर फोरममा सोध्न सक्नुहुन्छ तर अन्त्यमा तपाई कति जोखिम लिने भन्ने कुरा तपाईको जोखिम सहिष्णुतामा निर्भर हुन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।