बिभिन्न बहानामा लिइने शुल्कले शेयर लगानीकर्ताकाे लागत बढ्याे,आईपिओ नपरे सिआस्वा शुल्क नलिन माग

Aug 01, 2021 11:25 AM Merolagani

 सुधा देवकाेटा

शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको लागत धेरै भएको गुनासो बढ्न थालेको छ। शेयर बजारमा लगानी गरेको आधारमा नै लगानीकर्ताले विभिन्न सम्बन्धित निकायमा शुल्क तिर्नुपर्ने बाध्यता छ।

दोस्रो बजारका लगानीकर्ताले एक कारोबार गर्दा ब्रोकर कमिशन, निक्षेप सदस्य शुल्क, नेप्से र धितोपत्रमा शूल्क बुझाउनै पर्ने बाध्यकारी छ। बजारमा लगानी गरेर पाउने लाभभन्दा पनि विविध बहानामा तिर्नुपर्ने चर्को शुल्कको कारण लगानीकर्ताहरु हैरान भएका हुन्। लगानीकर्ताले शेयर बजारमा लगानी गर्ने सोच बनाउदै गर्दा डिम्याट खाता खोल्दादेखि नविकरण सहित प्राथमिक शेयरको आवेदन गर्दादेखि दोस्रो बजारमा कारोबार गर्दासम्म विभिन्न शीर्षकमा शूल्क तिनुपर्ने बाध्यकारी बनाएको छ।

विगत एक वर्षमा बजारमा भित्रने लगानीकर्ताको संख्यामा वृद्धि भएको छ। अहिले प्रथामिक बजारमा लगानी गर्ने लगानीकर्ता नै २० लाखभन्दा माथि पुगेका छन्।शेयर परेमा मात्र तिर्नपर्ने व्यवस्था भर्नको लागि नै लगानीकर्ताले शेयर परेपनि नपरेपनि सिआस्वा शुल्क तिर्नपर्ने व्यवस्था छ। हुन त कुनै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिने गरेका छन्।

तर, केहि संस्थाहरुले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क लिने गरेका छन्। त्यसलाई हटाएन वा आईपिओ माग गरेको शेयर परेमा मात्र तिर्नपर्ने व्यवस्था गर्नुपर्नेमा लगानीकर्ताहरुको जोड छ।

लगानीकर्ताले तिर्नुपर्ने पूँजीगत लाभ कर लगानीकर्ताले शेयर बजारबाट लाभ गरे तिर्नुपर्ने बाध्यता छ। तर,लगानीकर्ताले नोक्सानीमा पनि व्यहोर्नु पर्ने केही शुल्कहरु रहेका छन्। जसमा ब्रोकर कमिशन, डिपि शुल्क र नेपाल धितोपत्र बोर्डलाई बुझाउनु पर्ने शुल्क रहेका छन्।

पछिल्लो समय शेयर बजार विस्तारै प्रविधिमैत्री बन्दैछ। प्रविधिको विकास भएसँगै कारोबार गर्ने गराउने सबै निकायको काममा केही सहजता हुन थालेको लगानीकर्ताहरुको दाबी छ। जसले सम्बन्धित निकायले कारोबार सम्पन्न गर्नुपर्ने काममा पनि केही सहजता आएको कारणले गर्दा कारोबार गर्दा लाग्ने शुल्कहरुमा न्यूनीकरण गर्नुपर्ने शेयर बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको भनाई छ।

विगतमा कारोबार गर्दा अभौतिक रुपमा गर्नुपर्ने भएकाले केही झन्झट हुने हुँदा धेरै शुल्क लाग्नु स्वभाविक भएतापनि अहिले त्यहि शुल्कलाई नै निरन्तरता दिनु उचित नहुने लगानीकर्ताहरुका अगुवाहरुको बुझाई छ।

लगानीकर्ताले एउटा कारोबार सम्पन्न गर्नको लागि ब्रोकर कमिसन सहित भिन्न भिन्न बहानामा शुल्क तिर्नुपर्ने हुन्छ। जहाँ लगानीकर्ताले नजानिदो गरी लाभ गुमाई रहेका हुन्छन्। अहिलेको बजार विस्तार भएर ४२ खर्ब माथि पुगेको छ। यस्तो अवस्थामा लगानीकर्ताले शेयर कारोबार गर्दा लाग्ने शुल्कहरु घटाउनु पर्ने लगानीकर्ता राजु पौडेलको बुझाई रहेको छ। औषत करोडको कारोबार हुने बजार बढे औषत अर्बौमा पुगेको हुँदा बजारमा कारोबार गर्दा लाग्ने अतिरिक्त शूल्क घटाउनु पर्ने पक्षमा पौडेल छन्।

नेप्से नेपाल धितोपत्र बोर्डले दिने शुल्क र कमिसनमा न्यूनिकरण नगरी ब्रोकर कमिसन मात्र घटाउदा लगानीकर्ताहरुलाई धेरै पर्न गएको ब्रोकर कम्पनीहरुको भनाई रहेको छ। लगानीकर्ताले तिर्नुपर्ने शूल्कलाई कम गर्नको लागि नियामक निकायमा तिर्नुपर्ने कमिसनमा न्यूनिकरण गर्नुपर्ने ब्रोकर कम्पनीको बुझाई रहेको छ।

बढ्दो बजारमा लगानीकर्ताहरुले कही कमाएता पनि बजार घट्दो बजारमा आएको नाफा तिर्नुपर्ने शुल्कको कारण लगानीकर्ताहरुको हात खालि हुने हुँदा यसको बारेमा सम्बन्धित निकायहरुले बेलैमा सोच्नु पर्ने लगानीकर्ता अर्यालको भनाई छ।

बढ्दो बजारमा सबै कम्पनीको शेयरमूल्य बढ्ने भएको कारणले गर्दा लगानीकर्तालाई खासै भार पर्ने जस्तो नदेखिएता पनि घट्दो बजारमा यसले लगानीकर्ताहरुलाई मार पर्ने लगानीकर्ताका अगुवाहरुको भनाई छ।

लगानीकर्ताले प्रत्येक ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखभन्दा माथि एक करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोडभन्दा माथि जतिसुकैको कारोबार भएपनि ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्ने गरेका छन्।

त्यसैगरी, शेयर बिक्रेताले शेयर बिक्री गरिसकेपछि इलेक्ट्रोनिक डेविट इन्स्ट्रक्सन स्लिप (इडिआईएस) कारोबार गरेको टि प्लस टु भित्र अथवा दुईदिन भित्रमा भुक्तानी नभएमा कारोबार गरेको रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ। झुक्किएर हुने गलत कारोबारमा लाग्ने क्लोज आउट अर्को पाटोमा छँदैछ। उक्त जरिवाना समेत केही घटाउनु पर्ने लगानीकर्ताहरुको जोड छ।

शेयर बजारमा एउटा कारोबार सम्पन्न गर्नको लागि लगानीकर्ताले धेरै पटक रकम खर्चिनु पर्ने हुन्छ। ठूलो रकमको कारोबार गर्ने लगानीकर्तालाई उक्त शुल्कहरु नगन्य जस्तै भएता पनि सानो रकमको लगानी गर्ने लगानीकर्ता लाई मारमा पर्ने गरेको छ। यदि साच्चिकै सबै खाले लगानीकर्तालाई बजार भित्र्याउन र आवद्ध गराउने पक्षमा सरकार छ भने यस्ता अतिरिक्त शुल्कहरु घटाउनु पर्ने ट्डकारो देखिन्छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।