नेपाल इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबै सामान्य बढ्यो

Nov 16, 2021 02:59 PM Merolagani

नेपाल इन्स्योरेन्स (NICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.११ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ६.८५ प्रतिशतले बढेर २० करोड ३५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ४ करोड ४८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४५ करोड २ लाख रुपैयाँ र बीमा कोषमा ६२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात ४२.०१ गुणा रहेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।