मेरो माइक्रोफाइनान्स (MERO) ले नवौँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो। गत मंसिर २४ गते सम्पन्न माइक्रोफाइनान्सको वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
माइक्रोफाइनान्सले साधारण सभा प्रयोजनार्थ मांसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरिएको हो।
त्यसैगरी, महिला लघुवित्त (MLBSL) को चौथौँ वार्षिक साधारण सभा प्रयोजनको लागि बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बोनस शेयर पठाएको हो। गत पुस २२ गते सम्पन्न लघुवित्तको वार्षिक साधारण सभाले ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
लघुवित्तले साधारण सभा प्रयोजनार्थ मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो।