भविष्यका लागि आफैलाई सजाउनुहोस्
तपाई केही गर्न सक्नुहुन्न तर याद गर्नुहोस् कि आमाबुबा र सामान्य मानिसहरुले आफ्नो छोराछोरीलाई आजको कठोर वास्तविकताबाट जोगाउने प्रयास गर्छन्। संसारको प्रगतिको रुपमा, नयाँ खर्च र दायित्वहरु लाग्नेछ, जसले अझ ठूलो अनिश्चितता निम्त्याउँछ।
त्यसैले, कलेजबाट भर्खर निस्किने युवाहरु बजारमा कार्य गर्नका लागि उपयुक्त देखिदैनन्। यसले एक प्रतिक्रिया र ‘बुमराङ्ग किड्स’ भनेर चिनिने घटनाको उदय हुन्छ। यी त्यस्ता बच्चाहरु हुन् जो आफै संघर्ष गर्न सक्दैनन् र आफ्नो हेरचाहका लागि उनीहरु उमेर गइसकेका आमाबुबाहरुमा निर्भर हुन्छन्।
- ई भनेको इम्प्लोइ
- एस भनेको स्मल बिजनेश अथवा स्वरोजगार
- बी भनेको बीच विजनेश (५०० वा सोभन्दा बढी कर्मचारी भएको)
- आई भनेको इन्भेष्टर
क्वाडरेन्ट ई–इम्प्लोइ (कर्मचारी) हरुले बहुसंख्यक कार्यबलको प्रतिनिधित्व गर्छन् र मुख्यतया ती हुन् जसले धेरै तलबको लागि प्रयास गर्छन्।
क्वाडरेन्ट एस–यसमा धेरै ‘ए’ स्टुडेन्सहरु संलग्न छन् जस्तै, डाक्टर, वकिल आदि।
क्वाडरेन्ट बी–अन्वेशक, व्यवसाय र्सिजनाकर्ता जस्तै स्टिभ जब्स, बिल गेट्स आदि
क्वाडरेन्ट आई–सक्रिय लगानीकर्ता जस्तै वारेन बफेट
अभिभावकहरुले विद्यार्थीहरुले ‘ई’ र ‘एस’ क्वाडरेन्ट चयन गरोस भन्ने चाहन्छन् किनभने यो सुरक्षित छ, जबकि रिड ड्याडले विद्यार्थीहरुलाई ‘आई’ अथवा ‘बी’ क्वाडरेन्ट चयन गर्न तयार गर्छ।
समाजवादीहरु ‘ई’ र ‘एस’ क्वाडरेन्टमा बाँच्छन् भने पूँजीवादीहरु ‘आई’ र ‘बी’ मा। जब मानिसहरु ‘धनीहरुलाई कर लगाउ’ भनी नारा लगाउँछन् त्यसको अर्थ धेरै कमाउनेहरुलाई कर बढाउन भनेको होइन, ‘ई’ र ‘एस’ क्वाडरेन्टका मानिसहरुका लागि हो।
इन्भेष्टर र स्मार्ट अन्टरप्रेनरहरु पूँजीवादी नै रहन चाहन्छन् जसले रोजगारी र भ्यालु इफोर्ट सिर्जना गर्छन्। कम कर तिर्ने कानूनी तरिकाहरु खोज्न उनीहरुका लागि धेरै गाह्रो छैन। यो केवल आर्थिक कुरा हो, नीतिहरुको कुरा होइन।
यदि तपाई आफ्नो बच्चालाई आगामी दिनहरुमा लड्ने लडाइको लागि तयार गर्न चाहुनुहुन्छ भने, तपाईले तिनीहरुलाई बुद्धिमानीपूर्वक खर्च गर्न र अनावश्यक खर्चहरुबाट बच्न सिकाउँदै हुनुहुन्छ भनेर सुनिश्चित गर्नुपर्छ।
इमानदारीता पूर्वक भन्नु पर्दा, क्यावरेन्ट परिवर्तन गर्न र आलोचनात्मक रुपमा सोच्न शुरु गर्न कहिले पनि ढिलो हुँदैन।
समस्यालाई सम्बोधन गर्नुहोस् र सिक्न शुरु गर्नुहोस्
रिच ड्याड भन्थेः पैसाका समस्याहरुले तपाईलाई स्मार्ट बनाउँछ, जबकी पोर ड्याड पैसाको समस्याबारे सोच्न पनि डराउँथे। तपाईले बुझ्नुपर्छ कि एक व्यक्तिले एउटै कम्पनीमा ४०–४५ वर्ष जागिर खाएर अवकाश र विभिन्न सुविधाहरु आर्जन गरिबस्ने दिनहरु धेरै पहिले नै गइसकेको छ।
धनी र गरिबी बीचको अन्तर भनेको हामी पैसाको समस्या कसरी समाधान गर्छौँ हो।
त्यसका साथै, रोबर्टले उच्च प्राथमिकतामा राखेका सिक्ने विन्डोजहरुमा एकपटक हेरौँ।
- जन्मदेखि १२ वर्षसम्मः क्वान्टम लर्निङ्ग
- १२ देखि २४ वर्षसम्मः रिबेलियस लर्निङ्ग
- २४ देखि ३६ वर्षसम्मः प्रोफेशनल लर्निङ्ग
यस अवधिमा, तपाईले देख्नुहुनेछ कि आमाबुवा र स्कुलको शिक्षा दुबै मिलेर बनेको प्रणालीले राम्रोसँग सिकाएको छ कि छैन।
रिच ड्याड एसेट्सलाई प्राथमिकता दिन्थे भने पोर ड्याड लायबिलिटिजलाई।
तपाईले आफ्नो खल्तीमा पैसा राख्ने चीजहरु छानेर र तपाईले कमाएको हरेक पैसा निकाल्ने चीजहरु निकालेर रेखा कहाँ तान्ने भनेर जान्नुपर्दछ।
‘बी’ हरु र ‘आई’ हरु, ‘ई’ हरु र ‘एस’ हरु जो आलोचनात्मक रुपमा सोच्न सक्दैनन्, उनीहरु विपरित सम्पत्ती अधिग्रहणमा केन्द्रित हुन्छन्।
अल्बर्ट आइन्सटाइनका अनुसार, एउटै कुरालाई बारम्बार गर्नु र फरक नतिजाको अपेक्षा गर्नु पागलपन हो।
जब रोजगारी विदेश पठाइँदैछ वा प्रविधिको विकासले प्रतिस्थापन गरिरहेको छ, तब आफ्नो बच्चालाई ‘स्कुल जाउ र जागिर पाउ’ भनेर भन्नु वास्तवमा पागलपन हो।
जब तपाई पैसा कमाउन जति मेहेनत गर्नुहुन्छ, त्यति नै बढी कर तिर्नुपर्छ भने ‘मेहेनत गरी काम गर’ भन्नु पागलपन हो।
जब पैसा, पैसा होइन, ऋण बन्छ तब ‘पैसा बचाउ’ भन्नु पागलपन हो।
जब तपाईको घर वास्तवमा दायित्व हो, त्यसलाई ‘तपाईको घर सम्पत्ती हो’ भन्नु पागलपन हो।