ज्योति लाइफको खुद बीमाशुल्क र नाफा दुबै बढ्यो, अन्य सूचक कस्तो?

May 08, 2022 12:42 PM Merolagani

ज्योति लाइफ इन्स्योरेन्स (JLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.७९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब २१ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्कसँगै खुद नाफा पनि ७०.९९ प्रतिशतले बढेर २० करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट ३३ करोड ३ लाख रुपैयाँ र बीमालेख धितोमा ७१ करोड ८७ लाख रुपैयाँ लगानी गरी २ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ६८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५ अर्ब ६६ करोड १८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात ५१.६७ गुणा रहेको छ।

यस अवधिमा कम्पनीले २ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले ९३३ वटा दाबी बापत २६ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९९ वटा दाबी बापत ४ करोड ८५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।