कमाईमा स्टान्डर्ड चाटर्ड भयो सुस्त, सिद्धार्थको ४१ र निर्धन उत्थानको ८८ प्रतिशत बढोत्तरी कसरी ?

Nov 11, 2014 Mero lagani



विदेशी ब्यवस्थापनमा संचालित स्टान्डर्ड चाटर्ड बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा कमाई सुस्त देखिएको छ भने सिद्धार्थ बैंक र निर्धन उत्थान बिकास बैंकले उल्लेखनीय प्रगति गरेका छन् ।  
स्टान्डर्ड चार्टर्ड बैंकले प्रकाशित गरेको पहिलो त्रैमासको बित्तीय विवरणमा पूँजी, निक्षेप र कर्जा लगानी दुबै बढे पनि ब्याज आम्दानी र संचालन नाफा खुम्चिएका कारण जम्मा ५ प्रतिशतले मात्र नाफा बढाउन सकेको देखाईएको छ । 
स्टान्डर्ड चार्टर्ड बैंकको गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा यस त्रैमासमा ब्याज आम्दानी ५ र संचालन नाफा २ प्रतिशतले घटेको छ भने कर्मचारी खर्च ७ प्रतिशत र संचालन खर्च १० प्रतिशतले बढेको छ । विदेशी मुद्राको कारोबार, शुल्क, कमिशनलगायतका आम्दानी घटेकाले बैंकको खुद नाफामा असर परेको छ । बैंकको प्रतिशेयर आम्दानी बार्षिकीकरण गर्दा ६२ रुपैयाँ छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.२५ प्रतिशत छ भने मुल्य आम्दानी अनुपात ३३.६३ र प्रतिशेयर नेटवर्थ २४२.१३ छ ।  
 
उता, सिद्धार्थ बैंकले भने आफ्नो खुद नाफामा ४१  प्रतिशतले बढोत्तरी गरेको छ ।  बैंकले चुक्ता पूँजीमा २५ प्रतिशत, निक्षेप २५ र कर्जा २३ प्रतिशतले बढाएको छ भने ब्याज आम्दानीमा ३१ र संचालन नाफामा ३५ प्रतिशतले बढोत्तरी गरेको छ । 
                       
                                                                      प्रगतिको तुलनात्मक समीक्षा
 
  स्टान्डर्ड चार्टर्ड सिद्धार्थ निर्धन उत्थान
  यस बर्ष गत बर्ष प्रगति प्रतिशत  यस बर्ष गत बर्ष प्रगति प्रतिशत यस बर्ष गत बर्ष प्रगति प्रतिशत
पुँजी 225 203.92   10.13 203 161.9 25.45 34 24 40
निक्षेप 5216.1 4001.1   30.35 3647 2917 25.03 199 140 42.14
कर्जा 2955 2280   29.61 2902 2348 23.57 507 382.4 32.61
ब्याज आम्दानी 49.8 52.6    (5.32) 29.5 22.5 31.11 18 12 50
कर्मचारी खर्च 11 10.1  14.85 8.91 5.4 29.63 8 6.4 25
संचालन खर्च 9 8.3    8.43 10 9.5 5.263 2 2 0
;संचालन नाफा 48.6 49.6    (2.02) 21.2 15.7 35.03 10 5.4 85.19
खुद नाफा
 
34.9 33.4    4.49 14.8 10.5 40.95 6.4 3.4 88.24
                   

                                                                                                         नोटः सबै रकम करोडमा देखाईएको छ ।

बैंकको गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा कर्मचारी खर्च २९ र संचालन खर्च ५ प्रतिशतले बढे पनि ४१ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासमा १० करोड ५६ लाख खुद नाफा कमाएको थियो भने यस त्रैमासमा १४ करोड ८१ लाख रुपैयाँ कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी बार्षिकीकरण गर्दा २८ रुपैयाँ छ ।  बैंकको निस्क्रिय कर्जा अनुपात २.७४ प्रतिशत, मुल्य आम्दानी अनुपात २४.६९ र प्रतिशेयर नेटवर्थ १५४.८४ छ ।

 
लघुवित्त क्षेत्रको निर्धन उत्थान बिकास बैंकले पनि गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा यस त्रैमासमा ८८ प्रतिशतले खुद नाफा बढाएर प्रगति गरेको छ ।  बैंकले पूँजी ४० प्रतिशत, निक्षेप ४२ प्रतिशत र कर्जा साढे ३२ प्रतिशतले बढाएको छ । बैंकको ब्याज आम्दानी २५ र संचालन नाफा ८५ प्रतिशतले बढेको छ । बैंकले संचालन खर्च २ करोडमा सिमित राखे पनि कर्मचारी खर्च भने २५ प्रतिशतले बढेको छ ।  गत आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड ४ लाख खुद नाफा गरेकोमा यस आर्थिक बर्षको सोही अबधिमा ६ करोड ४ लाखले नाफा बढाउन सफल भएको छ । बैंकको प्रति शेयर आम्दानी बाषिकीकरण गर्दा ७६ रुपैयाँ ७२ पैसा कायम भएको छ । बैंकको निस्क्रिय कर्जा ०.८५ बाट ०.५३ प्रतिशतमा झरेको छ भने मुल्य आम्दानी अनुपात २१.६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८१.७१ छ । 
 



दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।