पूँजी बजारको गिर्दो अबस्थाप्रति अर्थमन्त्रीको चासो, चलखेल भएको आशंका

Nov 30, 2014 Mero Lagani



अर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रका सबै पक्ष सकारात्मक भएकै बेला पनि शेयर बजार गिर्दो अबस्थातिर जानुमा चलखेलले भएको हुनसक्ने आशंका गर्नुभएको छ । आईतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले शेयर बजारमा अस्वभाविक खेल भएको आशंका उब्जिएकाले मन्त्रालय  गंभीर भएको जनाउनुभयो । उहाँले शेयर बजार यसरी ओरालो लाग्नुको कारण नभएको भन्दै सरकारले गंभीर ढंगले अध्ययन गरिरहेको पनि उल्लेख गर्नुभयो । 

केही सिमित नाफाखोर ब्यक्तिहरुले बजारलाई प्रभावित पार्ने खेल खेलेको उहाँको आशंका छ । अर्थतन्त्रका सबै सुचक राम्रा र सुचिकृत कम्पनीहरुले आकर्शक लाभांश वितरण गरिरहंदा पनि शेयर बजार घट्नुपर्ने कारण नरहेको उहाँको तर्क छ ।

केही महिना अघि १०८३ विन्दुमा पुगेको नेप्से गत साता ८५० भन्दा तल गएको थियो । महतलाई अर्थतन्त्रका ज्ञाता मानिए पनि उहाँकै कार्यकालमा शेयर बजार निराशा जनक हुनुलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । महत नै अर्थमन्त्री हुँदा २०६५ सालमा नेप्से ११७५ को विन्दुमा टेकेको थियो ।

अर्थमन्त्री महतले देशमा विदेशी लगानीको वातावरण बन्दै गएको भन्दै केही महिनाभित्रै जलविद्युत क्षेत्रमा ३ खर्बको लगानी भित्रिने दावी गर्नुभएको छ । त्यसैगरी देशको अर्थतन्त्रलाई सवल बनाउन र ब्यापार घाटा कम गर्न निर्यात प्याकेज घोषणाको तयारी पनि सरकारले गरिरहेको उहाँले जनाउनुभएको छ ।
यसैबीच, अर्थ मन्त्रालयमा चौविसैघण्टा सेवा उपलब्ध हुने गरी जनगुनासो सुन्न विगुल कक्ष सुरु गरिएको छ ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।