विकास बैंकहरुको नाफामा पनि खराब कर्जाको प्रभाव, १० वटा बैंकको नाफा घट्यो

Apr 21, 2023 02:54 PM Merolagani

विकास बैंकहरुको नाफाममा पनि खराब कर्जाको प्रभाव देखिएको छ। खराब कर्जा बढ्दा बैंकहरुको नाफा प्रभावित भएको तथ्याँकले देखाउछ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तीय विवरण सार्वजानिक गरेका १३ विकास बैंकको नाफा औषतमा २७.७१ प्रतिशतले घटेको छ। यस अवधिमा ३ विकास बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ।

यस अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको नाफा बढेको छ भने बाँकी बैंकको नाफा घटेको छ।

  • मुक्तिनाथ विकास बैंकले कमायो सबैभन्दा धेरै नाफा

यस अवधिमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। बैंकले प्रकाशित गरेको विवरण अनुसार उसले चैतसम्ममा ८० करोड रुपैयाँ नाफा कमाएको छ।

यसैगरी गरिमा विकास बैंकले पनि ६५ करोड रुपैयाँ नाफा कमाएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५५ करोड, लुम्बिनी विकास बैंकले ४६ करोड, महालक्ष्मी विकास बैंकले ३७ करोड, कामना सेवा विकास बैंकले ३० करोड र सांग्रिला डेभलपमेन्ट बैंकले २४ करोड रुपैयाँ नाफा कमाएको छ।

  • दुई बैंक घाटामा

चैत मसान्तसम्ममा दुई विकास बैंक घाटामा देखिएका छन्। नारायणी डेभलपमेन्ट बैंक ३ करोड रुपैयाँले घाटामा देखिएको छ भने सिन्धु विकास बैंक पनि करिब डेढ करोड रुपैयाँले घाटामा देखिएको छ।

  • नाफा घट्नुमा खराब कर्जाको भुमिका

बैंकहरुको नाफा घट्नुमा खराब कर्जाको ठुलो भुमिका रहेको देखिन्छ। विकास बैंकहरुको पनि खराब कर्जा बढ्दै जाँदा त्यसले उनीहरुको नाफामा नकारात्मक असर गरेको छ।

गत एक वर्षमा बैंकहरुको खराब कर्जा करिब शतप्रतिशत बढेको देखिन्छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १.८१ प्रतिशत रहेको खराब कर्जा बढेर चालु आर्थिक वर्षको सोहि अवधिमा ३.६१ प्रतिशत पुगेको छ।

  • ५ बैंकको खराब कर्जा ४ प्रतिशत माथि

वित्तीय विवरण अनुसार ५ विकास बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै देखिएको छ।

ग्रिन डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.९८ प्रतिशत छ भने नारायणी डेभलपमेन्ट बैंकको ४.८१ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४.६२ प्रतिशत, सिन्धु विकास बैंकको ४.२७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१८ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।