इम्पेरमेन्ट चार्ज बढ्दा सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो

May 12, 2023 10:27 AM Merolagani

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४४.१८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३१.९३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४१.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.१४ प्रतिशत घटेको छ। निष्क्रिय कर्जा बढेर २.९५ प्रतिशतबाट बढेर ७.६६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४ करोड ९१ लाख पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपयाँ ७८ पैसा घटेर ९ रुपैयाँ ४९ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २९१ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ७४.७५ गुणा रहेको छ।

७९ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ५० करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।