दशैंको दक्षिणा बचाएर लिलामीको शेयर किन्ने अवसर, तामाकोशीको १ अर्ब २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर लिलामीमा आउने

Oct 18, 2023 06:14 AM Merolagani

दशैंको दक्षिणा बचाएर लिलामीको शेयर किन्ने अवसर आउने भएको छ । समय थप्दा पनि बिक्री नभएको अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको करिव १ अर्ब २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर लिलामीमा आउन लागेको हो ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री नभएको हकप्रद शेयर दशैंलगतै लिलामीमा ल्याउन लागेको हो । अपर तामाकोशी हाइड्रोपावरको १२ प्रतिशतभन्दा बढी हकप्रद शेयर बिक्री भएको छैन् । अपर तामाकाेशीकाे ५१ प्रतिशत संस्थापक शेयरधनीले हकप्रद शेयर भरिसकेका छन्।

बिक्री नभएपछि कम्पनीले असोज २२ गतेसम्म हकप्रद भर्ने समय थपेको थियो । कम्पनीले हकप्रद भर्न समय थप गर्दा पनि १२ प्रतिशत शेयर बिक्री नभएको हो ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर मात्र बिक्री भएको छ । बाँकी १ अर्ब २६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर अपर तामाकोशी हाइड्रोपावरले लिलामीमा ल्याउन लागेको हो ।

आवेदन नपरेको शेयर कम्पनीले लिलामीमा बेच्नेछ । अहिले अपर तामाकोशीको शेयर मूल्य २ सय रुपैयाँ भन्दा तल आइपुगेको छ । मंगलबार अपर तामाकोशीको शेयर प्रतिकित्ता १ सय ९६ रुपैयाँमा कारोबार भइरहेको छ ।

हकप्रद शेयर निष्काशन गरेर संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने कम्पनीले प्रबद्र्धन गरिरहेको रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने जनाएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गतभदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरको हकप्रद शेयर निष्कासन गरेको थियो ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि.(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शत प्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने थियो । सर्वसाधारण शेयरधनीबाट ३ अर्ब ९३ करोड रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए । ‘संस्थापकबाट र सर्वसाधारणबाट ८८ प्रतिशत रकम सङ्कलन भइसकेको छ,’ गौतमले भने, ‘बिक्री नभएको शेयर लिलामीबाट बिक्री गरिनेछ ।’

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रियबीमा संस्थानको २-२ प्रतिशत संस्थापक शेयर रहेको छ । शेयर स्वामित्व अनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख २१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ। सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ । हकप्रद शेयर बापतको रकम संकलन पछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।