एनआरएनएका नव निर्वाचित अध्यक्ष केसीले शुक्रबारबाट नयाँ कार्यकालको सुरुवात गरे, शर्माको अडान कायमै

Oct 27, 2023 03:06 PM merolagani

गैर आवासीय नेपाली संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष बद्री केसीले शुक्रबारबाट आफ्नो कार्यकालको थालनी गरेका छन्। उनले बालुवाटार स्थिति एनआरएनएकाे कार्यालयलबाट नयाँ कार्यकालको थालनी गरेको बताएका छन्। ‘आजबाट नियमित काम सुरु गर्याैं,’ केसीले मेरो लगानीसँग भने।

बिहीबार मात्रै समानान्तर रुपमा अध्यक्ष घोषणा गरिएका आरके शर्मासँग अध्यक्ष केसीले भेटघाट गर्दै बिबाद मिलाउने कोशिस गरेका थिए। तर शर्माले पुनः निर्बाचन नै गर्नु पर्ने अडान नछोडेपछि केसीले शुक्रबारबाट कार्यकालको थालनी गरेका हुन्। तर उता शर्माले भने आफू नै अध्यक्ष भएको दाबी गर्दै आइरहेका छन्। त्यस बिषयमा केसी भन्छन्, “चुनावमा हारेर कसैले समानान्तर समिति गठन गर्छ भने त्यसलाई हामी मान्दैनौ ।”

उता शर्माले प्रधानमन्त्रीलाई भेट गरेको र उनलाई नै नयाँ अध्यक्षको रुपमा बधाइ लिएको भन्ने बिषय समेत गलत रहेको केसीको भनाई छ। अर्को तर्फ शर्माको गठित समितिले एनआरएनएकाे कार्यालयमा खिचेको  फाेटो समेत झुटो भएको बताएका छन्। “प्रधानमन्त्रीले उहाँलाई नै नयाँ अध्यक्षको रुपमा बधाइ दिएको बिषय गलत हुन्।  त्यसरी अध्यक्ष नै भनेर बधाई दिएको होइन। अर्को तर्फ कार्यालयमा होइन यहा प्यसेजमा आएर फाेटो खिचेर उहाँहरु जानु भएको हो,” केसीले भने।

निर्बाचनको क्रममा धाधली भएको भन्ने शर्माको आरोपमा केसीले त्यो सबै मिलिसकेको बताएका छन्। उनका अनुसार निर्बाचन समितिले त्यस बिषयमा छानबिन गरि त्यसको टुङ्गो समेत लगाइसकेको बताएका छन्। निर्बाचनका क्रममा अनलाईन भोटिङ गर्दा त्यसमा केही त्रुटि देखिएको तर निर्बाचन गराउने जिम्मा लिएको अष्ट्रेलियन कम्पनी भेरो भोटिङले त्यस बिषयमा निर्बाचन समितिलाई क्लियर गरिसकेकोले पनि भोटिङको बिबाद नरहेको केसीको भनाई छ। “निर्बाचनको क्रममा केही त्रुटि देखिएको थियो। सुरुमा प्लिमिनरी भर्सन मात्रै आएको थियो। त्यसैले थोरै बिबाद देखिएको थियो। तर पछि उसले फाइनल भर्सन नै पठाएपछि त्यो बिबाद एक घण्टामै मिलेको थियो। त्यसपछि नै निर्वाचन कमिटिले हामीलाई शपथ गराएको थियो,” केसीले भने।

यसैगरी एनआएनएकाे नेपालको आधिकारीक वेभ साइटमा समेत नव निर्बाचित अध्यक्षको रुपमा केसीकाे नै फाेटो आएको छ भने उनको सन्देश समेत राखिएको छ। जसले गर्दा केसीले नै आगामी कार्यकाललाई निरन्तरता दिने देखिएको छ।  

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।