एनआईसी एशिया लघुवित्तको अधिकांश सूचकमा गिरावट

Nov 10, 2023 06:46 AM Merolagani

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकहरु गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेका छन्।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.६७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ११२.२२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी २३.९५ प्रतिशत र सञ्चालन मुनाफा २७.८५ प्रतिशत घटेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ३.८१ प्रतिशतबाट बढेर ११.२२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत ७५ लाख रुपैयाँ छुट्याएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपेयाँ ५४ पैसा घटेर १० रुपैयाँ ३१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.७ गुणा रहेको छ।

१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ३.३७ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले १५ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १७ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।