कुमारी बैंकले पनि घटायो ब्याजदर

Jan 11, 2024 06:48 AM Merolagani

कुमारी बैंक (KBL) ले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ। प्रकाशित सूचना अनुसार बैंकले पुस महिनाको तुलनामा ब्याजदर घटेको छ।

प्रकाशित सूचना अनुसार बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिने भएको छ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिनेछ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।