सञ्चालन मुनाफा बढेपनि लुम्बिनी विकास बैंकको नाफा घट्यो

Jan 21, 2024 02:30 PM Merolagani

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा बढेपनि कर खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २७.६३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.०८ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको सञ्चालन मुनाफा २८.३५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.२४ प्रतिशतबाट बढेर ३.५५ प्रतिशत पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ५० लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ८६ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३६ पैसा घटेर १२ रुपैयाँ ७ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३३.४० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ८४ पैसा रहेको छ।

३ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५६ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।