शिल्पा शेट्टी र राज कुन्द्रामाथि सम्पत्ति शुद्धीकरणकाे मुद्दा, ईडीले ग-याे घर सहित डेढ अर्ब बढिकाे सम्पत्ति जफत

Apr 18, 2024 03:08 PM Merolagani

प्रवर्तन निर्देशनालय (ईडी)ले भारतीय अभिनेत्री शिल्पा शेट्टी र उनका पति व्यवसायी राज कुन्द्राविरुद्ध ठूलो कारबाही गरेको छ । बिहीबार ईडीले शिल्पा शेट्टी र राज कुन्द्राको डेढ अर्ब बढिको सम्पत्ति जफत गरेको छ । ईडीले ६६ सय करोड भारतीय रूपैयाँकाे बिटक्वाइन पोन्जी ठगीको मुद्दामा यो कारबाही गरेको हो।

प्रवर्तन निर्देशनालयले बिहीबार ईडीले एक अर्ब ५६ कराेड ८० लाख रूपैयाँ (करिब ९८ करोड भारतीय रुपैयाँ)को सम्पत्ति जफत गरेको छ । जसमा अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको पुनेको बंगला र इक्विटी शेयर पनि समावेश छ। उनीहरूमाथि बिटक्वाइनको प्रयोग मार्फत लगानीकर्ताहरूलाई ठगी गरेको आरोप रहेकाे छ ।

भारतीय संचारमाध्यमका अनुसार ईडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जफत गरिएका सम्पत्तिमध्ये शिल्पा शेट्टीको नाममा रहेको मुम्बईको जुहूमा रहेको एउटा फ्ल्याट र राज कुन्द्राको नाममा रहेको पुणेमा रहेको बंगला पनि समावेश छ। यसबाहेक जफत गरिएको सम्पत्तिमा इक्विटी शेयर पनि समावेश छ । विज्ञप्तिमा थप भनिएको छ,"करिब ९७.७९ करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गर्न मनी लान्ड्रिंग ऐन (पीएमएलए) को प्रावधान अन्तर्गत एक अस्थायी संलग्न आदेश जारी गरिएको छ।"

ईडीले आराेपीहरूमाथि लगानीकर्ताहरूलाई धोका दिएर अस्पष्ट अनलाइन वालेटहरूमा अवैध रूपमा प्राप्त बिटक्वाइनहरू लुकाएकाे आरोप लगाएकाे छ ।

शिल्पा शेट्टी बलिउडकी चर्चित अभिनेत्री हुन् । उनका श्रीमान् राज कुन्द्रा पनि फिल्मी दुनियाँमा प्रवेश गरिसकेका छन् । राज कुन्द्राले गत वर्ष फिल्म ‘UT69’ बाट बलिउडमा डेब्यु गरेका थिए ।

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।