जाेन्सन एण्ड जाेन्सन र केन्भ्यूलाई ४५ मिलियन डलरकाे जरिवाना, बेबी पाउडरले हुन सक्छ क्यान्सर!

Apr 21, 2024 04:58 PM Merolagani

अमेरिकी अदालतले जाेन्सन एण्ड जाेन्सन र केन्भ्यूलाई ४५ मिलियन डलर जरिवाना लगाएको छ। पाउडरकाे प्रयाेगले एक महिलाकाे मृत्यु भएकाे भन्दै यी कम्पनीविरूद्ध मुद्दा दायर गरिएपछि अदालतले जरिवाना सुनाएकाे हाे । 

जोन्सन एन्ड जोन्सन र केन्भ्यू कम्पनी बच्चाहरूसँग सम्बन्धित सामाग्रीकाे उत्पादन तथा बिक्रीकालागि चर्चित छन्। सामान्यतया,जे एण्ड जे कम्पनीका उत्पादनहरू सबैको घर घरमा नै पाइन्छ। तर यी उत्पादनको प्रयोगका कारण कसैकाे मृत्यु भयाे भन्ने सुन्दा सर्वसाधारण त्रसित बन्न सक्छन् । तर याे अमेरिकामा घटेकाे घटना हाे ।

पाउडरमा रहेकाे एस्बेस्टोसले महिलालाई क्यान्सर भएकाे र साेही कारण उनकाे मृत्यु भएकाे थियाे । यस मुद्दामा लामो सुनुवाइ भएपछि अदालतले कम्पनीले बेचेको टाल्कम बेबी पाउडरमा एस्बेस्टोस रहेको ठहर गरेको छ । 

मृतक महिलाको परिवारले पाउडरकाे प्रयाेगले नै उनलाई क्यान्सरजस्ताे घातक रोग लागेको भन्दै अदालतमा मुद्दा दायर गरेकाे थियाे । 

सन् २०२० मा क्यान्सरका कारण थेरेसा गार्सियाको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।  गार्सियाको मृत्युमा दुवै कम्पनी जिम्मेवार रहेको आरोप लगाउँदै परिवारले मुद्दा दायर गरेको थियो। गार्सियाकी छोरी स्टेफनी साल्सेडोले उनको परिवारको तर्फबाट मुद्दा दायर गरेकी थिइन् ।

तर जाेन्सन एण्ड जाेन्सनले भने यसको टेल्क आधारित उत्पादनहरूले क्यान्सर ननिम्त्याउने दाबी गर्दै आएकाे छ ।

शुक्रबार राति सिकागोमा भएको मुद्दाको सुनुवाइमा न्यायधिशहरूले कम्पनीलाई ४५ मिलियन डलर जरिवानाकाे फैसला सुनाएका थिए ।  कम्पनीले उक्त रकम पीडित परिवारलाई क्षतिपूर्तिका रूपमा बुझाउनुपर्नेछ ।

साे परिवारका वकिल जेसिका डीनले न्यायाधिशहरूले जाेन्सन एण्ड जाेन्सन र केनभ्यूकाे ट्याल्कम पाउडरमा क्यान्सर हुन सक्ने र उनीहरूले दिएको धोकाकाे विश्वास गर्दै याे फैसला गरेकाे भन्दै परिवारले धन्यवाद दिएका छन् ।

 

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।