अमेरिकामा लाग्न सक्छ टिकटकमाथि प्रतिबन्ध

Apr 21, 2024 05:12 PM Merolagani

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले शनिबार एक विधेयकलाई अनुमोदन गरेको छ। उक्त विधेयकमा चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल टिकटकले आफ्नो अमेरिकी व्यवसाय बिक्री नगरेमा टिकटकलाई देशमा प्रतिबन्ध लगाउन सक्ने प्रावधान छ ।

साे विधेयकमा टिकटकका लागि ६ महिनाभित्र शेयर बिक्री गर्ने समयसीमा पनि तोकिएको छ । यो विधेयक डेमोक्र्याट र रिपब्लिकन पार्टी दुवैको भारी समर्थनका साथ सदनबाट पारित भएकाे हाे।

एपका सञ्चालक चिनियाँ प्रविधि कम्पनी बाइट्स लिमिटेडको सम्बन्धमा यी दुवै पक्षले राष्ट्रिय सुरक्षामा चिन्ता व्यक्त गरेका थिए ।

परिमार्जित प्रावधानहरू अब अनुमोदनका लागि माथिल्लो सदन सिनेटमा पठाइनेछ। यद्यपि, यदि याे विधेयक लागू गरिएमा कम्पनीसँग खरिदकर्ता फेला पार्न एक वर्षसम्मको समय हुनेछ  ।

साे समय सीमा भित्र टिकटकले लाखौं प्रयोगकर्ताहरूलाई उनीहरूको पहिलो संशोधन अधिकारबाट वञ्चित गर्ने तर्क गर्दै कानुनलाई सम्भावित रूपमा अदालतमा चुनौती दिन सक्छ। अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।