कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय

Apr 25, 2024 07:30 PM Merolagani

रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।

रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ।

comments powered by Disqus