सरकारले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन समर्पित रहन्छौः गभर्नर अधिकारी

Apr 26, 2024 01:23 PM Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने बताएका छन्। केन्द्रिय बैंकको ५९ औं वार्षिकोत्सको अवसरमा जारी शुभकामना सन्देशमा उनले यस्तो बताएका हुन्।

यस्तै केन्द्रिय बैंकले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सुक्ष्म भुक्तानी प्रणालीको सवलीकरणको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिबृद्धि गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

शुक्रबार राष्ट्र बैंकले विभिन्न कार्यक्रम गरी बैंकको ५९ औ वार्षिकोत्सव मनाउँदै छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।