हेर्नुस्, कस्तो छ निर्धन उत्थान र समीट माइक्रोको प्रगति ?

Aug 09, 2015 Mero Lagani

लघुवित्त क्षेत्रका निर्धन उत्थान विकास बैंक NUBL र समीट माइक्रो फाइनान्स SMFDB ले गत आर्थिक वर्षमा उल्लेख्य प्रगती गरेको वित्तीयविवरण सार्वजनिक गरेका  छन् । जस अनुसार निर्धन उत्थानले ३४ प्रतिशत तथा समीटले ९८ प्रतिशतले नाफा बढाएका छन् ।

३५ करोड २८ लाख रुपैंया चुक्ता पूँजी रहेको समीट माइक्रो फाइनान्सले गत आर्थिक वर्षमा १ करोड ३८ लाख ४२ हजार रुपैंयाले खुद नाफा बढाएको छ भने ३३ करोड ६० लाख रुपैंया चुक्ता पूँजी रहेको निर्धन उत्थानले ७ करोड ९ लाख रुपैंयाले नाफा वृद्धि गरेको छ ।

Summit and Nirdhan

 

अघिल्लो आर्थिक वर्षमा १ करोड ३९ लाख ९२ हजार रुपैंया खुद नाफा कमाएको समीटले गत वर्ष २ करोड ७८ लाख ३४ हजार रुपैंया खुद कमाएको हो । त्यसै गरि अघिल्लो वर्ष २० करोड ७३ लाख ५१ ह्जार रुपैंया खुद कमाएको समीटले गत वर्ष २७ करोड ८३ लाख ३२ हजार रुपैंया खुद कमाएको हो । प्रतिशतका आधारमा हेर्दा समीटले अघिल्लो आर्थिक वर्षको तुलनामा ९८ दशमलव ९२ प्रतिशतले खुद नाफा बढाएको हो भने निर्धन उत्थानले ३४ प्रतिशतले खुदनाफा बढाएको हो ।

प्रति शेयर आम्दानीमा पनि समीटले अघिल्लो वर्षको तुलनामा गत वर्ष ५७ दशमलव ८७ प्रतिशत तथा निर्धन उत्थानले ३४ दशमलव २४ प्रतिशतले सुधार गरेका छन् । जस अनुसार अघिल्लो आर्थिक वर्षमा ४९ रुपैंया ९७ पैसा प्रतिशेयर आम्दानी गरेको समीटको गत वर्ष ७८ रुपैंया ८९ पैसा प्रतिशेयर आम्दानी गरेको छ । त्यसै गरि अघिल्लो आर्थिक वर्षमा ६१ रुपैंया ७१ पैसा प्रतिशेयर आम्दानी गरेको निर्धन उत्थानले गत आर्थिक वर्षमा ८२ रुपैंया ८४ पैसा प्रतिशेयर आम्दानी गरेको छ ।

कर्जा तथा निक्षेप बिस्तारमा अक्राम ढंगले अघि बढेका दुवै बैंकमध्ये समीटको सुधार आक्रामक देखिन्छ । अघिल्लो अर्थिक वर्षमा १४ करोड १६ लाख ५५ हजार निक्षेप संकलन गरेको समीटले गत आर्थिक वर्षमा ८ करोड १७ लाख ४० हजार रुपैंयाले निक्षेप बढाएर २२ करोड ३३ लाख ९५ हजार रुपैंया पुर्याएको छ । त्यसै गरि अघिल्लो आर्थिक वर्षमा १ अर्व ८६ करोड ६५ लाख ५ हजार रुपैंया निक्षेप संकलन गरेको निर्धन उत्थानले गत आर्थिक वर्षमा ८९ करोड ९८ लाख ४० हजार रुपैंयाले निक्षप संकलन बढाएर २ अर्व ७६ करोड ६४ लाख ३५ हजार रुपैंया पुर्याएको छ ।

प्रतिशतका आधारमा हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा समीटले ५७ दशमलव ७० प्रतिशत तथा निर्धन उत्थानले ४८ दशमलव २० प्रतिशतले निक्षेप संकलन बढाएका हुन् ।

त्यसै गरि कर्जा प्रवाह वृद्धिमा पनि निर्धन उत्थानको तुलनामा समीटले झण्डै ३७ प्रतिशत बढी कर्जा प्रवाह प्रतिशत बढाएको छ । जस अनुसार अघिल्लो आर्थिक वर्षमा ३३करोड २८ लाख १० हजार रुपैंया कर्जा प्रवाह गरेको समटिले गत आर्थिक वर्षमा २६ करोड ९ लाख ८७ हजार रुपैंयाले कर्जा प्रवाह बढाएर ५९ हरोड ३७ लाख ९७ हजार रुपैंया पुर्याएको छ । उता अघिल्लो आर्थिक वर्षमा ४ अर्व ८२ करोड १६ लाख ७० हजार रुपैंया कर्जा प्रवाह गरेको निर्धन उत्थानले पनि गत आर्थिक वर्षमा २ अर्व ९७ लाख ४२ हजार रुपैंयाले कर्जा प्रवाह बिस्तार गरि ६ अर्व ८३ करोड १४ लाख १२ हजार रुपैंया पुर्याएको छ ।

प्रतिशतका आधारमा समीटको कर्जा प्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा ७८ दशमलव ४१ प्रतिशत तथा निर्धन उत्थानको ४१ द्यशमलव ६८ प्रतिशतले बढेको देखिन्छ ।

निस्क्रिय कर्जा अनुपात समीटले १ दशमलव ०६ प्रतिशतबाट घटाएर ० दशमलव ३३ प्रतिशत तथा निर्धन उत्थानले ०.५८ बाट ०.२२ प्रतिशतमा झररेर निकै सुधार गरेका छन् । समीटको जगेडा कोषमा ३ करोड ७४ लाख २ हजार र निर्धन उत्थानको ४८ करोड ८७ लाख ३१ ह्जार रुपैंया छ ।

अन्य आधारभुत पक्षहरुमा समीटको पूँजी कोष १२ दशमलव ११ र निर्धन उत्थानको १३ दशमलव ७४ प्रतिशत छ । मूल्य आम्दानी अनुपातमा समीटको २४ दशमलव ७२ र निर्धन उत्थानको १६ दशमलव ९१ गुणा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ तर्फ समीटको २०६ दशमलव ०२ र निर्धन उत्थानको २४९ दशमलव ३७ रुपैंया रहेको छ ।

घ वर्गका दुवै बैंक मध्ये गत आर्थिक वर्षमा समीटको आक्रामक सुधार देखिए पनि पूँजी, जगेडा कोष, कर्जा तथा निक्षेप रकमका आधारमा निर्धन उत्थान बैंकको अवस्था मजवुत देखिन्छ । यसले केन्द्रिय बैंकको हालैको परिपत्र अनुसार ४ गुणा पूँजी वृद्धिका लागि पनि समीट माइक्रो फाइनान्सको तुलनामा निर्धन उत्थानलाई कम मेहनत गर्नुपर्ने देखिन्छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।