धेरै बैंकहरु मर्जमा जाँदा शेयर कारोबारको हालत के होला ? यस्तो देखिन्छ डरलाग्दो तस्बीर

Sep 18, 2015 Merolagani

- परमेश्वर अधिकारी
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार भदौ अन्तिमसम्ममा सबै बैंक तथा वित्तीय संस्थाले पूँजी वृद्धिको योजना राष्ट्र बैंकमा बुझाएका छन् । दुई तिहाई बैंकहरुले मर्जमा जाने योजना बनाएकाले मर्ज सम्झौता लगत्तै कारोबार रोकिंदा शेयर बजारमा त्यसको सिधा असर परी डरलाग्दो अबस्था आउने देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले मर्जमा जाने सम्झौता गरे लगत्तै नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार पनि रोक्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको अनिवार्य पूँजीवृद्धि गर्नुपर्ने निर्देशनले देशका ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु मर्जमा जान खोज्दा शेयर बजार लगभग ठप्प हुने अवस्था आउँछ भने लाखौं लगानीकर्ताको खर्बौं रुपैंया बन्धक बन्नेछ किनभने नेपालको शेयर बजारमा ७० प्रतिशत हिस्सा बैंक तथा बित्तीय संस्थाहरुको छ । 

अघिल्लो आर्थिक बर्षमा बैंक अफ काठमाडौ सहित चार संस्थाले मर्जमा जाने निर्णय गरे पछि रोकिएको शेयर कारोबार डेढ वर्षसम्म नखुल्दा लगानीकर्ताको १५ अर्ब रुपैंयाको शेयर त्यसै फस्यो । जसका कारण लगानीकर्ताले बजार बढेको बेलामा  शेयर कारोबार गर्न पाएनन् । अहिले एनएमबी बैंकसंग विभिन्न ४ वित्तीय संस्थाको मर्ज प्रकृया चल्दै गर्दा ती सबै संस्थाको शेयर कारोबार रोकिएको अवस्था छ ।

माथिका प्रतिनिधि घटना घट्दै गर्दा देशका दुई तिहाई बैंकहरु चुक्ता पूँजी ४ गुणाले बढाउनका लागि मर्जमा जाने तयारीमा छन्, त्यो पनि एकै पटक । माथिका घटनाक्रमका बीच यसरी एकै पटक ठुलो संख्यामा बैंक तथा वित्तीय संस्थाको मर्जरले नेप्सेको कारोबारलाई नराम्ररी प्रभावित पार्ने अवस्था त छँदैछ, अर्कातिर लगानीकर्ता शेयर लामो समयसम्म फस्ने डरले लगानीकर्ताहरु शेयर बेचेर बजारबाट बाहिरिने खतरा पनि बढाएको छ । यस सम्बन्धमा अहिलेसम्म नियमक निकायले ठोस कदम नचालेका कारण लगानीकर्तामा अन्यौलता बढ्दाको असर बुधबार र बिहीबारको  शेयर कारोबारमा देखिसकेको जानकारहरु बताउँछन् । नयाँ संविधान जारी हुने सुनिश्चित भएर राजनीतिक वातावरण अभुतपुर्व रुपमा सुध्रिँदा बजार घट्नुको रहस्य पनि यसैलाई मानिएको छ । 

यो पनि पढ्नुहोस  

मर्जमा जाने बैंकका लगानीकर्ता अपराधी हुन् र यस्तो पीडा दिने ?

वित्तीय संस्थाका बीचमा मर्ज सम्झौता भए लगत्तै शेयर कारोबार रोकिने अहिलेको व्यवस्थामा परिवर्तन नभए यो भयावह स्थिति देखिने निश्चित छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले पनि सोच बिचार गर्न सकेको छैन । राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीका अनुसार राष्ट्र बैंकले मर्ज प्रकृयाका कारण शेयर कारोबार रोकिने विद्यमान अवस्था परिवर्तनको सम्बन्धमा केही योजना बनाएको छैन ।

Trilochan Pangeniपंगेनी भन्छन् ‘हामीले मर्ज प्रोसेसमा जाँदा व्यालेन्स सिट समायोजनको काममा सहयोग गर्ने हो, शेयर कारोबार रोकिन्छ वा रोकिँदैन भन्नेमा राष्ट्र बैंकले केही नगर्ने अवस्थामा छ । यद्यपि अहिलेको व्यवस्था भन्दा फरक अर्थात सम्झौता हुने बित्तिकै शेयर कारोबार नरोक्ने तर राष्ट्र बैंकको प्रकृया सुरु भए पछि मात्र कारोबार रोक्ने व्यवस्था गर्ने सोच छ ।’

राष्ट्र बैंकले नै बनाएको नियमका कारण अहिले शेयर बजारमा देखा पर्न लागेको भयावह स्थितिलाई समाधान गर्न उसले कुनै विकल्प दिन नसक्दा अब लगानीकर्ता बीचमा के गर्ने भन्ने अन्यौलता बढेर गएको छ ।

तीसवटा बाणिज्य बैंकहरु मध्ये आगामी दुई बर्ष भित्रमा आठ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यताले कम्तीमा पनि २० वटा बैंकहरु एक आपसमा मर्जमा गए र सबैको शेयर कारोबार रोकिई नै रह्यो भने नेपालको स्टक मार्केटमा सर्वसाधारणको कति खर्बको सम्पति बन्धक बन्ला भन्ने विषयमा राष्ट्र बैंकले सोच्नै पर्ने अवस्था आएको छ । बिकास बैंक र फाईनान्स कम्पनीहरु समेत जोड्दा अझै त्रासद् चित्र देखिन्छ ।

Sakul Sapkotaबिगतमा बैंक आफ काठमाडौ र हाल ग्राण्ड बैंकको मर्ज प्रक्रियाले मारमा परेका लगानीकर्ता सकुल सापकोटा राष्ट्र बैंकको पूँजी बृद्धि र मर्जमा जान बाध्य बनाउने नीति निकै राम्रो भए पनि लगानीकर्तालाई दर्दनाक पीडा दिने गरी शेयर कारोबार रोक्का गर्नु नहुनेमा जोड दिन्छन् । सापकोटा भन्छन् हकप्रद हैन, मर्जबाटै बैंकहरुको पूँजी बृद्धि गर्नुपर्छ तर शेयर कारोबार नरोकिने ग्यारेन्टी गरिनुपर्छ, नत्र हामी जस्ता लगानीकर्ता कहिल्यै उठ्न नसकिने गरी फस्नुपर्छ । मर्जमा शेयर कारोबार रोकिने डरले धमाधम शेयर बेचेर बाहिरिनु पर्ने भयो भने बजारलाई कसैले थाम्न सक्दैन ।

आफ्नो नाम उल्लेख गर्न नचाहने अर्का एक लगानीकर्ता शेयर बजारमा कारोबार रोकिने त्रास गंभीर रुपमा फैलिएको बताउँछन् । सरकारले बजारमा फैलिएको यस्तो त्रास तत्काल हटाउनुपर्नेमा उनको जोड छ । अरु देशमा मर्ज प्रक्रियाको कारणले कारोबार नरो्किने अबस्थामा यहाँ मात्र त्यस्तो परम्परा बसाउँदा पूँजी बजारको बृद्धि र लगानीकर्ताको आत्मबिस्वासमा असर परेको उनको भनाई छ ।

Sitaram Thapaliyaनेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सिताराम थपलिया पनि मर्ज प्रकृयामा जाँदा शेयर कारोबार रोकिने व्यवस्थाले लगानीकर्ताको ठुलो रकम अड्किने बताउँछन् ।

‘शेयर बजारमा बैंकिंग क्षेत्रको ७० प्रतिशत भन्दा धेरै हिस्सा रहेको अवस्थामा मर्जमा जाँदा सबै बैंकको शेयर कारोबार रोकियो भने नेप्सेलाई त ठुलो असर पर्छ नै, त्यो भन्दा ठुलो असर त लगानीकर्तामा पर्छ । यस सम्बन्धमा हामीले राष्ट्र बैंक नियमन विभागको ध्यानाकर्षण गराएका छौं । पक्कै पनि केही विकल्प आउँछ र आउनै पर्छ पनि’ उनले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेप्सेको नेतृत्व सम्हालि सकेका कारण पनि यो समस्याका सम्बन्धमा उनी जानकार रहेको र आफुले व्यक्तिगत रुपमा पनि यस सम्बन्धमा कुरा गरेको थपलियाले मेरो लगानीलाई बताए । उनका अनुसार यस सम्बन्धमा गभर्नरले पनि समस्या आउन नदिन पहल गर्न निर्देशन दिने संभावना छ ।

मेगा बैंक र पश्चिमाञ्चल बिकास बैंकबीच मर्ज भाँडिएको तीन महिना भन्दा बढी समय भैसके पनि कारोबार कहिले खुल्ने भन्ने अनिश्चयका कारण लगानीकर्ताको झण्डै १० अर्ब रुपैयाँ बन्धक बनिरहेको छ । यस्तो किसिमको समस्या बढ्दै गइरहेका बेला लगानीकर्तालाई शेयरमा हालेको रकम बन्धक नबनाउने विकल्पमा राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका निकायले प्रभावकारी कदम नचाले भोलिको अवस्था भयावह हुने चेतावनी बैंकर्श एशोसिएशनका अध्यक्ष उपेन्द्र पौड्यालले दिए ।

Upendra Poudyal‘म संलग्न बैंकको मर्जका क्रममा ५ वटा बित्तीय संस्थाको कारोबार रोकिएको अवस्थाले नै एकै पटक हुने मर्जरले लगानीकर्तालाई कति पीडा दिन्छ भन्ने देखिएको छ । यस सम्बन्धमा नियमकले सोचेर मात्र हुन्न, प्रभावकारी योजना बनाउनै पर्छ । भोलि यस्तै कारणले अन्तिम अवस्थामा पुगेका मर्ज प्रकृयाहरु भाँडिए भने त्यसको असर त लगानीकर्तामा पर्छ नि’ पौड्यालले भने ।

ग्राण्ड बैंकमा मात्र अहिले लगानीकर्ताको झण्डै चार अर्ब रुपैंया फसेको छ । राष्ट्र बैंकले कहिले एक्विजिशन प्रकृयालाई अन्तिम रुप दिन्छ र उसको शेयर कारोबार सुचारु हुन्छ भन्ने अन्यौलताले लगानीकर्ता दिक्क भैसकेका छन् ।

krisnaraj lamichaneयसरी राष्ट्र बैंककोे मौद्रिक नीतिले धेरै बाणिज्य बैंक र अन्य कम्पनीहरुलाई मर्ज वा एक्विजिशनमा जान बाध्य पार्दै गर्दा डेभलपमेण्ट बैंकर्श एशोसिएशनका अध्यक्ष कृष्णराज लामिछानेले मर्ज प्रकृयाका बेला शेयर कारोबार रोकिने व्यवस्था पूर्ण रुपमा खारेज गर्न राष्ट्र बैंकसंग आग्रह गरेका छन् ।

‘कुनै मुलुकमा मर्जका क्रममा शेयर कारोबार रोकिंदैन हामीकँहा चै किन यो झमेलालाई बढावा दिने काम भएको हो यहि कुरा अचम्मको विषय छ । यो प्रकृया हटाउनु पर्छ । हैन भने अब एकै पटक धेरै वित्तीय संस्था मर्ज हुँदा लगानीकर्ताको ठुलो रकम लामो समयका लागि फस्छ र यसको जिम्मेवारी राष्ट्र बैंकले लिनुपर्छ ।’ लामिछानेले आक्रोश पोखे । तत्काललाई अन्य विकल्पमा पनि जान सकिने उनको भनाई छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।