सिटिजन्स बैंकले २० प्रतिशत बोनस पछि ४० प्रतिशत हकप्रद सेयर दिने

Sep 23, 2015 Mero Lagani



सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले २० प्रतिशत बोनस सेयर तथा ४० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक बर्षमा सिटिजन्स इन्टरनेशनलले बैंकले ७२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअघि नै २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बैंकले आगामी असोज २८ गते हुने साधारण सभा मार्फत ४० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्ने जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता किताब असोज ११ गतेदेखि बन्द हुनेछ । 

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । बोनस सेयर जारी गर्दा चुक्ता पँुजी ५२ करोड रुपैयाँ वृद्धि भई ३ अर्ब ७ करोड रुपैयाँ हुनेछ । त्यसपछि १० कित्ता सेयर बराबर ४ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्दा बैंकको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले मर्ज तथा एक्विजिशनको प्रयास पनि जारी राखेको छ । पुँजी वृद्धिको लागि मर्ज तथा एक्विजिसनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको बैठक भत्ता र सुविधा वृद्धि गर्ने, नयाँ सेवाहरु विस्तार गर्ने लगायतको विशेष प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।