आइसीएफसी फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर मंगलबारदेखि निष्काशन

Nov 24, 2015 Mero Lagani

आइसीएफसी फाइनान्स (ICFC) को ५० प्रतिशत शेयर मंगलबारबाट निष्काशन भएको छ । गत कार्तिक ११ गतेसम्मका शेयरधनीका लागि फाइनान्सले प्रति २ कित्ता बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गरेको हो । प्रतिकित्ता १ सय रुपैंयाका दरले फाइनान्सले २१ लाख ३४ हजार ८ सय ४५ कित्ता शेयर निष्काशन गरेको हो ।

फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नाचघर तथा फाइनान्सको केन्द्रिय कार्यालयका साथै सबै शाखाहरुबाट शेयरधनीले हकप्रद शेयरको आवेदन दिन सक्ने छन् । यसका अलावा ग्लोबल आइएमई क्यापिटलको नाममा एकाउण्ट पेयी चेक काटेर शेयर धनीले हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटलमा हुलाक मार्फत पनि आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । यसका लागि आवेदकले चेक सहित सबै कागजात ग्लोबल आइएमई क्यापिटल लिमिटेडको पेष्ट बक्स नम्बर २१५९९, नाचघर, जमल, काठमाण्डौंमा पठाउनु पर्नेछ ।

४२ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर जारीपछि पुँजी ६४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले २०७४ असार मसान्तसम्म ८० करोड चुक्ता पुँजी पुर्याउने जनाएको छ । कम्पनीको सेयर पुस १३ गतेसम्म भर्न पाइने छ । 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।